Posts

Showing posts from June, 2019

नगरपालिकाको राम्रो काम, ३० पत्रकारले ल्यापटप पाए

Image
लुम्बिनी पत्र गाइघाट। सत्य, तथ्य र निष्पक्ष समाचार लेखन कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले उदयपुरको गाइघाटलाई केन्द्र बनाएर पत्रकारिता गर्दै आएका ३० पत्रकारहरुलाई एक/एक थान ल्यापटप बाँडिएको छ ।  ‘प्रविधि हस्तान्तरण’ भन्दै पत्रकारलाई ल्यापटप वितरण गरिएको हो । मेयर बलदेव चौधरीले पत्रकारलाई ल्यापटप हस्तान्तरण गरेका थिए । ल्यापटपको मूल्य ४५ हजार रुपैयाँ रहेको छ । प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत नगरपालिकाले १२ लाख रुपैयाँ चालु आर्थिक वर्षका लागि विनियोजन गरेको थियो ।  यसपटक ल्यापटप नपाउने पत्रकारलाई अर्को वर्ष वितरण गरिने नगरपालिकाले बताएको छ। नगरपालिकाका सूचना अधिकारी विश्वजित राईले स्थानीय पत्रकार प्रवर्द्धन कार्यक्रममार्फत ल्यापटप वितरण गरिएको जानकारी दिए । ‘पत्रकार साथीहरुको मागसमेतलाई ध्यान दिँदै ३० वटा ल्यापटप वितरण गरिएको छ,’ सूचना अधिकारी राईले भने, ‘पत्रकारको वृत्ति विकासका लागि यो कार्यक्रम राखिएको यो, यसलाई निरन्तरता दिने नगरको योजना छ ।’उनका अनुसार पत्रकार कौशल चेम्जोङ संयोजकको संयोजकत्वमा एक समिति बनाएर ल्यापटप वितरणका लागि पत्रकारको नाम छनोट गरि...