लाइफ नेटले बर्दियामा द्रुत नेट सेवा शुरु गर्यो
लुम्बिनी पत्र । ग्रामीण भेगका सर्वसाधरण, सरकारी तथा गैरसरकारी निकाय र निजी क्षेत्र वीच सूचनामा सहज पहुच बढाउन लाइभ नेट प्रा.लि.ले बर्दियाको मधुवनमा सुविधा धेरै भएको लाइभ नेट द्रुत नेट सेवा शुरु गरेको छ । डाटा लिमिट नभएको पकेट डाटा लगायत प्याकेज सहितको नेट सेवा शुरु गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत चन्दले बताए । सूचनामा सबैको पहुँच हुन जरुरी छ भन्ने मान्यताका साथ विशेष फोकस गाउँलाई गर्दे नेट सेवा शुरु गरेको प्रमुख कार्यकारी अधिकृत चन्दले बताए । बर्ष दिनमा कम्तीमा ९८ प्रतिशत नेट चल्ने यो सेवा २ बर्ष भित्र ९९.९ अप टाइम दिने लाइभ नेट प्रा.लि.ले जनाएको छ। एक महिनामा पाँच दिन नचले अर्को महिनामा सेवा गाभिने छ । सुर्खेत मुख्य कार्यालय र मधुवनको सानोश्रीमा शाखा कार्यालय रहेको लाइभ नेट प्रा.लि.ले तिहारपछि दैलख, सुदुरपश्चिम प्रदेश र गुलरियामा कार्यालय खोली सेवा विस्तार गर्ने , २० जना युवा उद्यमी मिलेर खोलिएको लाइभ नेट प्रा.लि.ले यो बर्ष ३ करोड कारोबार गर्ने लक्ष्य लिएको विशिष्ट भट्टले बताए । १ लाख डिभाइसमा काम गर्न सक्ने नेट सेवा फाइबर र ताररहित दुवैमा अपलब्ध रहेको प्रबन्ध न...