राज्यले नितिगत प्रणालीमा सुधार गर्नुपर्ने : धान दिवस
लुम्बिनी पत्र । राष्ट्रिय धान दिवसको नेपाल किसान महासंघ लुम्बिनी प्रदेशद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले वास्तविक किसानले अनुदान नपाएकोले राज्यले नितिगत प्रणालीमा सुधार गर्नुपर्ने बताउनु भएको छ। उहाले सरकारले समयमै मल वितरण गर्न नसक्दा यसले राष्ट्रिय उत्पादनमा ठूलो प्रभाव पारेको बताउँदै मल आयातका लागि एक द्वार प्रणाली कठिन भएकाले यसलाई खुल्ला गर्ने सकेमात्र किसानले समयमा पाउने जिकिर गर्नु भयो ।कार्यक्रममा सहमहामन्त्री निमा गिरि, प्रदेश समितिका सदस्यहरू, किसान संघका नेताहरू एवम् अन्यको सहभागिता रहेको थियो ।