Posts

Showing posts from February, 2019

९ नं. वडा कार्यालयद्वारा गायत्री आधारभुत विद्यालयलाइ ल्यापटप, प्राजेक्टर प्रदान

Image

समयमै ठेक्काका दोषीलाई कारबाही गर्न अख्तियारको सुझाव

Image
लुम्बिनी पत्र काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक दशकभन्दा पुराना ठेक्का सम्झौतालाई कार्यान्वयन गर्ने तदारुकता नदेखाइएको भन्दै विकास निर्माणसँग सम्बन्धित मन्त्रालय तथा विभागको ध्यानाकर्षण गराएको छ। केही दिनअघि अख्तियारले समयमै नसकिएका ठेक्काको अध्ययन गरि प्रतिवेदन तयार पारेको थियो। आयोगले त्यस्ता ठेक्का सम्झौतामा समस्या हुनुका कारण र तथ्यसमेत स्पष्ट खुलाइ कारबाही गर्न सरकारलाई सुझाव दिएको छ। ठेक्का सम्झौताको अवस्थाकै बारेमा सम्बन्धित निकायलाई थाहै नभएकोले राज्यको ठूलो धनराशी अलपत्र परेको आयोगले उक्त प्रतिवेदनमा जनाएको छ। सार्वजनिक निर्माणको ठेक्का सम्झौतामा लेखिएअनुसार समयको पालना नभएको, गुणस्तरको निगरानी नभएको लगायतका समस्या अख्तियरको अध्ययनले देखाएको छ। ’सम्झौताको कार्यान्वयनमा सम्बन्धित सरकारी कार्यालय र निर्माण व्यवसायीलेसमेत ध्यान नदिइएको पाइएको छ,’अख्तियारको प्रतिवेदनमा उल्लेख छ ’ठेक्का सम्झौतामा प्रगति नहुनका कारण सरकारी निकायबीचमै समन्वयको अभाव, निष्क्रिय अवस्थामा रहेका ठेक्कालाई कानूनीरुपमा कारबाही गर्नसमेत चुकेको पाइएको छ।’ रुग्ण अवस्थामा रहे...

६३४ जना सहसचिवलाई समायोजनपत्र दिने

Image
लुम्बिनी पत्र  काठमाडौँ, माघ १९ गते । सरकारले अध्यादेशमार्फत् कर्मचारी समायोजन गर्ने क्रममा ६३४ जना सहसचिवलाई समायोजनपत्र दिने तयारी गरेको छ ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवलाई समायोजनको पत्र दिने प्रस्ताव बुधबार मन्त्रिपरिषद्मा पेश गरिसकेको छ ।  अब बस्ने मन्त्रिपरिषद्को बैठकले उक्त प्रस्तावलाई स्वीकृत गरेपछि सहसचिवलाई सरकारले पत्र प्रदान गर्दै जाने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।  गत साता सरकारले ५६ जना सचिवलाई मन्त्रिपरिषद्बाट निर्णय गरी समायोजनको पत्र प्रदान गरिसकेको छ ।  सचिवहरूको समायोजन सङ्घमा नै हुने व्यवस्था भए पनि सरकारले निर्णय गरी समायोजनको पत्र दिने अध्यादेशमा उल्लेख गरिएको छ ।  सहसचिवको समायोजन स्थानीय तह अन्तर्गत महानगरपालिका र उपमहानगरपालिका , प्रदेशअन्तर्गत प्रदेश मन्त्रिपरिषद्को कार्यालय र प्रदेश सरकारका कार्यलयमा त्यस्तै सङ्घ अन्तर्गत मन्त्रालय, विभाग जिल्लास्थित विषयगत कार्यालयमा समायोजनका लागि प्रस्ताव मन्त्रिपरिषद्मा पेश भइसकेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो ...