Posts

Showing posts from May, 2020

बर्दियामा लालपुर समेतबाट गरी ७१८ जनाको स्वाब संकलन

Image
लुम्बिनी पत्र। बर्दियाको गुलरिया नगरपालिका—११ लालपुरका एक २८ वर्षीय पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएपछि आइतबार त्यस क्षेत्रमा स्वाब संकलन कार्य सम्पन्न भएको छ ।  संक्रमित पुरुषको  घरमा बस्दै आएका  २२ जनाकै स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य प्रमुख  गोकर्ण गिरीले बताए । संक्रमितको सम्पर्कमा रहेका लालपुरका थप ३४ जनाको पनि स्वाब संकलन गरिएको छ । शनिबारदेखि पूरै गाउँ सिल गरिएको र स्वाब संकलनको नतिजा बाहिर नआएसम्म गाउँका सबै जनालाई घरभित्र बस्ने र अति आवश्यक परे सुरक्षाकर्मीको अनुमतिमा लिनुपर्ने प्रशासनले जनाएको छ । पूरै गाउँ पूर्णरुपमा लकडाउन गरी आउजाउ ठप्प पारिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । लालपुर गाउँमा व्यापक सुरक्षाकर्मी परिचलान गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख केदार रजौरेले बताए।  काठमाडाैंको कालीमाटीमा मासु पसल गर्दै आएका संक्रमित पुरुष गत वैशाख २८ गते लालपुरबाट ट्रक चढेर धनगढी हुँदै काठमाडाैं गएका थिए । काठमाडाैं जाने ट्रक यसअघि पनि बर्दिया आउजाउ गर्ने गरेकाले उनीसँग सम्पर्कमा भएका मानिसको खोजी भइरहेको छ ।...