बर्दियामा लालपुर समेतबाट गरी ७१८ जनाको स्वाब संकलन


लुम्बिनी पत्र। बर्दियाको गुलरिया नगरपालिका—११ लालपुरका एक २८ वर्षीय पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएपछि आइतबार त्यस क्षेत्रमा स्वाब संकलन कार्य सम्पन्न भएको छ । 

संक्रमित पुरुषको  घरमा बस्दै आएका  २२ जनाकै स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य प्रमुख  गोकर्ण गिरीले बताए । संक्रमितको सम्पर्कमा रहेका लालपुरका थप ३४ जनाको पनि स्वाब संकलन गरिएको छ ।
शनिबारदेखि पूरै गाउँ सिल गरिएको र स्वाब संकलनको नतिजा बाहिर नआएसम्म गाउँका सबै जनालाई घरभित्र बस्ने र अति आवश्यक परे सुरक्षाकर्मीको अनुमतिमा लिनुपर्ने प्रशासनले जनाएको छ । पूरै गाउँ पूर्णरुपमा लकडाउन गरी आउजाउ ठप्प पारिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । लालपुर गाउँमा व्यापक सुरक्षाकर्मी परिचलान गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख केदार रजौरेले बताए। 
काठमाडाैंको कालीमाटीमा मासु पसल गर्दै आएका संक्रमित पुरुष गत वैशाख २८ गते लालपुरबाट ट्रक चढेर धनगढी हुँदै काठमाडाैं गएका थिए । काठमाडाैं जाने ट्रक यसअघि पनि बर्दिया आउजाउ गर्ने गरेकाले उनीसँग सम्पर्कमा भएका मानिसको खोजी भइरहेको छ । संक्रमित युवकले पिनाको पनि व्यापार गर्ने गरेको वडा नम्बर ११का अध्यक्ष राम नारायण प्रसाद केशरीले बताए । कयौंपटक उनी पिना खरिद गर्न स्थानीय राइस मिल गुलरिया गएकोले उच्च जोखिम बढेको उनको भनाइ छ।
जिल्ला स्वास्थ्य प्रमुख गिरीले  काठमाडाैं पुगेका युवकलाई घरबेटीले कोभिड  १९ परीक्षण रिपोर्ट नबुझाई   डेरामा बस्न नदिने भनेपछि टेकु पुगेर उनले स्वाब जांच गराउँदा  कोभिड  १९ पुष्टी भएको थियो। संक्रमित भएको रिपोर्ट आएका थियो । रिपोर्टमा उनको नाम, ठेगाना  र लिङ्ग फरक परेपछि स्वास्थ्य कार्यालय बर्दियाले पुनः पुष्टी गरी सो युवकको घर सिल गरी  पी सी आर जांच गरिएको थियो।  संक्रमित युवकको पाटनमा उपचार भइरहेको  छ । स्वास्थ्य मन्त्रालयका अनुसार  बर्दियामा हालसम्म कोभिड १९ पुष्टी भएकाहरुको संख्या  दुई पुगेको छ 
बर्दियाबाट हालसम्म ७१८ स्वाब संकलन गरी  पी सी आर जांच गर्दा १ जनामा र  कोभीड १९ पुष्टी भएको छ भने  ६५५ जनामा संक्रमण देखिएको छैन ।  जेठ ४ गते संकलन गरिएको ६२ जनाको पी सी आर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय बर्दियाका सूचना अधिकारी कृष्ण गोपाल चौधरीले बताए। बर्दियामा ३४१५ जनाको आर डी टी टेस्ट समेत गरिएको छ। आज जेठ ५ गते  राजापुर बाट  ४८ जनाको स्वाब संकलन गरी  पी सी आर जाँचका लागि नेपालगन्ज पठाईएको  राजापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गणेश अर्याल ले बताए।


Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न