लुम्बिनीपत्र /पी सी एन कोहलपुर, मंसीर २। युनिक नेपाल युनिक नेपाल बित्तीय संस्था लिमिटेडले “घ” वर्गको बित्तीय संस्थाको रुपमा बितीय कारोवार गर्न इजाजतपत्र पाएको छ । नेपाल राष्ट्र बैंक केन्द्रिय कार्यालय बैंक तथा बितीय संस्था नियमन बिभाग बालुवाटार काठमाडौले बैंक तथा बित्तीय संस्था सम्बन्धि ऐन २०७३को दफा ३४ले दिएको अधिकार प्रयोग गरि २०७५साल कार्तिक २५गते सो इजाजतपत्र प्रदान गरेको हो। बाँकेको कोहलपुरनगरपालिका वडा नं. ११मा मुख्य कार्यालय रहि बर्दिया, बाँके, कैलाली, कञ्चनपुर दाङ्ग, कपिलवस्तु, रुपेन्देही, नवलपरासी, सुर्खेत र डडेल्धुरा कार्यक्षेत्र भएको युनिक नेपाल लघुवित बित्तीय संस्था लिमिटेडले बैंक तथा बित्तीय संस्था सम्बन्धि ऐन २०७३को दफा ४९ उपदफा ४ तथा नेपाल राष्ट्र बैंकबाट जारि निर्देशन एंव शर्तहरुको अधिनमा रहि बित्तीय कारोवार सञ्चालन गर्नुपर्ने कार्यकारी निर्देशक नारायण पौडेलले बताए । धेरै लामो समयको पर्खाइपछि नेपाल राष्ट्र बैंक बाट युनिक नेपाल लघुबित्त बित्तीय सस्था लिमिटेड घ बर्ग को बैंक को लाइसेन्स प्राप्त गरेकोमा युनिक नेपालका अध्यक्ष प्रिमबहाद...