ज्वाँइ जेठानको एकैठाउमा अन्त्येष्ठी


लुम्बिनीपत्र /पी सी एन
कात्तिक १८ । सवारी दुर्घटनामा परि ज्यान गुमाएका नेपाली कांग्रेसका पुर्व क्षेत्रीइ प्रतिनिधि एंव व्यवसायी इन्द्र भटराइ तथा अर्का व्यवसायी एंव एमाले नेता काशीचन्द्र न्यौपानेको आइतवार खौराहघाटमा अन्त्येष्टी गरिएको छ । अन्त्यष्टी समारोहमा सयौ कार्यकर्ता ,शुभेच्छुकहरुको सहभागिता थियो । 
बाँकेको कोहलपुर विद्युत चोक नजिक सिदार्थ होटलको बा ६ च ८२९९ नम्बरको ल्याण्डरोभर गाडीले भे ८ प २४६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बर्दिया ठाकुरबाबा नगरपालिका १ भूरिगाउँका ५५ वर्षिय न्यौपाने र ठाकुरबाबा नगरपालिका ९ ठाकुरद्धाराका ५० वर्षिय भट्टराईको ज्यान गएको थियो ।  दुर्घटनामा ज्यान गुमाएका मध्ये काँशीचन्द्र न्यौपाने ज्वाई र इन्द्रप्रसाद भट्टराई जेठान  हुन । 
ठाकुरबाबा नगरपालिका वडा नंं. ९का इन्द्र भट्टराइ र ठाकुरबाबा १का काशीचन्द्र न्यौपानेको अन्त्येष्ठी समारोहमा उपस्थित भइ नेपाली कांग्रेसका महासमिति सदस्य विद्याप्रसाद खनाल र तेजबहादुर भाट, एमालेका नेता तथा सांसद बिमला बि.क., प्रदेश सांसद कुलप्रसाद पोखरेल लगायतका नेता तथा कार्यकर्ता अन्त्यष्टी समारोहमा उपस्थित भइ निधनका भएका भट्टराइ र न्यौपानेलाइ अन्तिम श्रद्धाञ्जली दिएका छन् ।
आफनो दाजुको निधनबाट निकै दुःखी बनेकी गायत्री भट्टराइले सामाजिक सञ्जालमा स्टेटस लेखदै भनेकी छिन ः मेरो घरको खुशि कहिल्यै पनि नफर्किने गरि बज्रपात परेको छ, मेरो घर को रानिमौरी नफर्किने गरि हरायो, यो बिपत्ति पार्ने त्यो सिद्दार्थ कटेज लाइ भगवान लाइ पनि माफ नगरोस, मेरो दाइको र मेरो भिनाजुको एउटै चिता मा दाहसस्कार पछि बैकुन्ठ बास होस,यो तिहारको बेलामा एउटि बहिनिको मुटु चुडाउने भगवान लाइ म कहिले पनि माफ गर्ने छैन,हार्दिक श्रद्धाञ्जली दाइ,अनि भिनाजु,हजुरहरु दुई को स्वर्गमा पनि साथ नछुटोस । 
x

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न