युनिकले वित्तीय संस्थाको रुपमा बितीय कारोवार गर्ने इजाजत पायो, ५ र ७ नंं.का ग्रामीण क्षेत्रका सर्वसाधरणलाइ सहज रुपमा सेवा उपलब्ध हुने


लुम्बिनीपत्र /पी सी एन
कोहलपुर, मंसीर २। युनिक नेपाल  युनिक नेपाल बित्तीय संस्था लिमिटेडले “घ” वर्गको बित्तीय संस्थाको रुपमा बितीय कारोवार गर्न इजाजतपत्र पाएको छ । 
नेपाल राष्ट्र बैंक केन्द्रिय कार्यालय बैंक तथा बितीय संस्था नियमन बिभाग बालुवाटार काठमाडौले बैंक तथा बित्तीय संस्था सम्बन्धि ऐन २०७३को दफा ३४ले दिएको अधिकार प्रयोग गरि २०७५साल कार्तिक २५गते सो इजाजतपत्र प्रदान गरेको हो। 
बाँकेको कोहलपुरनगरपालिका वडा नं. ११मा मुख्य कार्यालय रहि बर्दिया, बाँके, कैलाली, कञ्चनपुर दाङ्ग, कपिलवस्तु, रुपेन्देही, नवलपरासी, सुर्खेत र डडेल्धुरा कार्यक्षेत्र भएको युनिक नेपाल लघुवित बित्तीय संस्था लिमिटेडले बैंक तथा बित्तीय संस्था सम्बन्धि ऐन २०७३को दफा ४९ उपदफा ४ तथा नेपाल राष्ट्र बैंकबाट जारि निर्देशन एंव शर्तहरुको अधिनमा रहि बित्तीय कारोवार सञ्चालन गर्नुपर्ने कार्यकारी निर्देशक नारायण पौडेलले बताए । 
धेरै लामो समयको पर्खाइपछि नेपाल राष्ट्र बैंक बाट युनिक नेपाल लघुबित्त बित्तीय सस्था लिमिटेड घ बर्ग को बैंक को लाइसेन्स प्राप्त गरेकोमा युनिक नेपालका अध्यक्ष प्रिमबहादुर थारु, महासचिव महादेव चौधरी, पुुर्व अध्यक्ष देवमान थारु लगायतहरुले  आफुहरु खुसी र उत्साही भएको प्रतिकृया दिएका छन् ।
नेपाल सरकार उद्योग मन्त्रालय कम्पनि रजिष्ट्रारको कार्यालयमा कम्पनि ऐन २०६३ बमोजिम २०७५साल साउन १८गते पब्लिक लिमिटेड कम्पनिको रुपमा दर्ता भएको युनिक नेपाल लघुवित वित्तीय संस्था लिमिटेड दर्ता भएको थियो । 
लघुवित्त भनेको थोरै आय आर्जन गर्ने वा प्रचलित बैङ्कहरूसम्म प्रत्यक्ष पहुँच नभएका व्यक्तिहरूप्रति लक्षित वित्तीय सेवा हो। लघुवित्त अन्तर्गत लघु कर्जा, लघु सापटी, लघु वीमा, वचत वित्तीय सेवा समाविष्ट हुन्छन्। लघुवित्त भनेको गरिबहरूलाई कर्जा दिनु, वचत गरिदिनु र अन्य आधारभूत वित्त सेवा उपलब्ध गराउनु हो । लघुवित्त गरिबप्रति लक्षित हुन्छ।
सामुदायिक विकासका लागि गैरनाफामुखी सेवामुलक गैरसरकारी संस्थाको  रुपमा युनिक नेपाल बर्दियाले  विगत २२ बर्षदेखि शिक्षा, कृषि, स्वास्थ्य , जैविक विविधता ,लघुवित,सीप विकासका साथै भो।तिक निर्माण क्षेत्रमा काम गरि आएको छ ।
यसले नेपाल राष्ट्र बैंकबाट वितीय मध्यस्थकर्ताको अनमतिपत्र लिइ युनिक लघुवितm कार्यक्रम समेत सञ्चालन गरि आएको छ ।
x

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न