Posts

Showing posts from May, 2019

कर्मचारीको तलब १८देखि २० प्रतिशत बढ्यो

Image
लुम्बिनीपत्र गुलरिया। सरकारले कर्मचारीको तलब बढाएको छ। अर्थमन्त्री युवराज खतिवडाले बजेट मार्फत् तलब बढाएका हुन्। राजपत्राङ्कित र राजपत्र अनङ्कित कर्मचारीको तलब फरक फरक दरमा बढाइएको हो। राजपत्राङ्कित कर्मचारीको १८ प्रतिशत र राजपत्र अनाङ्कित कर्मचारीको २० प्रतिशत तलब बढेको हो। वृद्धि भएको तलब प्रतिशतलाई आधार मान्ने हो भने अब मुख्य सचिवको तलब ६५ हजार हुनेछ। त्यस्तै सरकारी अधिकृतको तलब अब ३५ हजार ९ सय हुनेछ। कार्यालय सहयोगीको तलब १९ हजार ४ सय ७४ हुनेछ।

कांग्रेसले ल्याएको गणतन्त्र जोगाउने जिम्मा कांग्रेसकै काधमा आइपरेको छ : नेता खनाल

Image
लुम्बिनी पत्र तौलिहवा । नेपाली कांग्रेसका महासमिति सदस्य एंव नेपाली कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रतिनिधि विद्याप्रसाद खनालले नेपाली कांग्रेसको नेतृत्व एंव गिरीजाप्रसाद कोइरालाको नायकत्वमा आएको लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा ने.क.पा.नेतृत्वको के.पी. ओली सरकारले ध्यान नदिएको बताएका छन् ।  नेपाली कांग्रेस केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्णय बमोजिम राष्ट्रिय जागरण अभियानलाइ सहयोग पुग्ने गरि जेठ १५गते नेपाली कांग्रेस कपिलवस्तुले तौलिहवामा गणतन्त्र र संघीयता विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दे प्रतिष्ठानका जिल्ला प्रतिनिधि कांग्रेस नेता खनालले नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२/०६३ को सफलता पश्चातस्थापित भएको गणतन्त्र र संघीयता विरोधी वर्तमान सरकारले गणतन्त्रको रक्षा गर्न नसक्ने दावि गर्दे नेपाली कांग्रेसले ल्याएको गणतन्त्रलाइ नेपाली कांग्रेसजनले नै फुलाउने फलाउने काम गरि काँग्रेसले नै यसको रक्षा गर्नुपर्ने प्रष्टाए। प्रेस स्वतन्त्रता र मानव अधिकार आयोगलाई नियन्त्रणमा लिन खोजेर सरका...

बढने भो कर्मचारीको तलब

Image
लुम्बिनी पत्र गुलरिया । सरकारले आगामी वर्षको बजेटबाट सरकारी कर्मचारीको तलब बढाउने घोषणा गरेको छ। वैशाख २०गते संसदमा सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवि भण्डारीलेप्रस्तुत नीति तथा कार्यक्रमबाट सरकारले कर्मचारीहरुलाई हालसम्म प्रदान गरिंदै आएको सेवा सुविधामा पुनरावलोकन गर्ने नीति लिएको छ। अघिल्लो वर्ष तलब भत्तामात्र बढेकोमा कर्मचारीहरु यो वर्ष तलब बढाउनुपर्ने लबइङमा रहेका छन्। अलमल गर्ने, काम नगर्ने, अनुशासनहीन, अनियमितता र भ्रष्टाचारमा संलग्न हुने जोकोहीलाई कडा कारबाही गरी राम्रो काम गर्ने पुरस्कृत गर्ने परम्परा बसाल्ने नीति अख्तियार गर्ने सरकारले कार्यक्रममा उल्लेख गरेको छ।