बढने भो कर्मचारीको तलब


लुम्बिनी पत्र
गुलरिया । सरकारले आगामी वर्षको बजेटबाट सरकारी कर्मचारीको तलब बढाउने घोषणा गरेको छ।
वैशाख २०गते संसदमा सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवि भण्डारीलेप्रस्तुत नीति तथा कार्यक्रमबाट सरकारले कर्मचारीहरुलाई हालसम्म प्रदान गरिंदै आएको सेवा सुविधामा पुनरावलोकन गर्ने नीति लिएको छ।
अघिल्लो वर्ष तलब भत्तामात्र बढेकोमा कर्मचारीहरु यो वर्ष तलब बढाउनुपर्ने लबइङमा रहेका छन्।
अलमल गर्ने, काम नगर्ने, अनुशासनहीन, अनियमितता र भ्रष्टाचारमा संलग्न हुने जोकोहीलाई कडा कारबाही गरी राम्रो काम गर्ने पुरस्कृत गर्ने परम्परा बसाल्ने नीति अख्तियार गर्ने सरकारले कार्यक्रममा उल्लेख गरेको छ।


Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न