लुम्बिनी पत्र
तौलिहवा । नेपाली कांग्रेसका महासमिति सदस्य एंव नेपाली कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रतिनिधि विद्याप्रसाद खनालले नेपाली कांग्रेसको नेतृत्व एंव गिरीजाप्रसाद कोइरालाको नायकत्वमा आएको लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा ने.क.पा.नेतृत्वको के.पी. ओली सरकारले ध्यान नदिएको बताएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्णय बमोजिम राष्ट्रिय जागरण अभियानलाइ सहयोग पुग्ने गरि जेठ १५गते नेपाली कांग्रेस कपिलवस्तुले तौलिहवामा गणतन्त्र र संघीयता विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दे प्रतिष्ठानका जिल्ला प्रतिनिधि कांग्रेस नेता खनालले नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२/०६३ को सफलता पश्चातस्थापित भएको गणतन्त्र र संघीयता विरोधी वर्तमान सरकारले गणतन्त्रको रक्षा गर्न नसक्ने दावि गर्दे नेपाली कांग्रेसले ल्याएको गणतन्त्रलाइ नेपाली कांग्रेसजनले नै फुलाउने फलाउने काम गरि काँग्रेसले नै यसको रक्षा गर्नुपर्ने प्रष्टाए।
प्रेस स्वतन्त्रता र मानव अधिकार आयोगलाई नियन्त्रणमा लिन खोजेर सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न सुरु गरेको उल्लेख गर्दै नेता खनालले त्यसको रक्षाका लागि तयारी अवस्था रहन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान समेत गरे। ’जहाँ प्रेस स्वतन्त्रता हुँदैन, त्यहाँ लोकतन्त्रनै हुँदैन,’ सभापति देउवाको भनाई थियो,।प्रेस स्वतन्त्रता र मानव अधिकार आयोगलाई नियन्त्रणमा लिएर सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न सुरु गरेकाले लोकतन्त्रको रक्षा गर्न पार्टीका नेता, कार्यकर्ता तयार हुनुपर्ने बेला आएको छ ।’
सभापति देउवाले लोकतन्त्रका लागि फेरी संघर्ष गर्न नपरोस् भनेर आफ्नो पार्टीले राजतन्त्रको अन्त्य गर्ने कामको अगुवाई गरेको पनि स्मरण गराए। उनले धेरै ठूलो लडाई, त्याग र तपस्याको प्रतिफल प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गरेर अघि बढने प्रतिवद्धता पनि व्यक्त गरे। लोकतन्त्रका लागि काँग्रेसले हिजो पनि संघर्ष गरेको थियो, आज पनि गरिरहेको छ र भोली पनि गर्ने’ नेता खनालकोे भनाई थियो।
देशमा भ्रष्ट्राचार, हत्या, हिंसा मंहगी बढेदा समेत सरकार मुक दर्शक बनेको आरोप लगाउदै नेता खनालले सरकारका गतिविधिबाट जनता त्राहीमान बनेको बताए।
शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रलाइ सरकारले नै व्यापारीकरण गरेको प्रष्टाउदै उनले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले लोकतन्त्रमाथि हमला गर्न सुरु गरेको आरोप लगाए ।
नेपाली जनताको लामो त्याग र वलिदानको फलस्वरुप आफ्ना जनप्रतिनिधि मार्फत निर्माण भएको नेपालको संविधान बमोजिम स्थानीय, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रिय सभाको ऐतिहासिक महत्वका निर्वाचनहरु नेपाली कांग्रेसको नेतृत्वमा सम्पन्न भई संविधानको सफल कार्यान्वयन भैसकेको छ र संक्रमणकालिन राजनीतिबाट मुलुकले निकास पाएको छ बताउदै महासमिति सदस्य खनालले ऐतिहासिक निर्वाचन पश्चात मुलुक नयाँ युग प्रारम्भको ऐतिहासिक मोडमा अगाडि बढिरहेको उल्लेख गरे ।
नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न वर्तमान सरकारको ध्यान नपुगेको उनको भनाइ छ ।
कार्यक्रमको अध्यक्षता गरेका नेपाली कांग्रेस कपिलवस्तुका सभापति सुरेन्द्रराज आचार्यले राष्ट्रिय जागरण अभियानको कार्यक्रमलाइ सहयोग पुग्ने गरि गणतन्त्र र संघीयता बिषयक छलफल कार्यक्रम चलाएकोमो प्रतिष्ठानका तर्फबाट खटिएका प्रतिनिधि खनाललाइ धन्यवाद दिदै कार्यक्रमले कपिलवस्तुका कांग्रेसजनमा उत्साह थपेको प्रष्टाए।
कार्यक्रममा प्रदेश सभा सदस्य रिना नेपाल, यशोधरा गाउँपालिका अध्यक्ष एंव क्षेत्रिय सभापति ग्रिजेश पाण्डे, नेपाली कांग्रेस कपिलवस्तुका पुर्व सभापति सुधाकर पाण्डे, पुर्वसचिव विश्वराज पाण्डे, जिल्ला सदस्य हुमकान्त पौडेल, नेपाल दलित संघका केन्द्रिय सदस्य रामदेव पासी, नेपाल महिला संघकी जिल्ला सभापति मीना के.सी., कपिलवस्तुका नगरपालिकाका वडा अध्यक्ष प्रकाश गैेरे लगायतले केन्द्र, प्रदेश, स्थानीय, वडा तथा टोल तहमा नेपाली कांग्रेसको संगठन बलिायो बनाइ लोकतान्त्रिक गणतन्त्रलाइ संस्थागत विकास गर्न नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाइ प्रतिष्ठिानका तर्फबाट प्रशिक्षण कार्यक्रम चलाउनु पर्ने बताए ।
प्रतिष्ठानको कार्यक्रम बमोजिम गोरुसिंगेको मुख्य चोकमा दीप प्रजवलन समेत गरिएको छ ।
नेपाली कांग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा नेपाली कांग्रेस केन्द्रीय कार्यालय वीपी स्मृति भवन, वीपी नगर ललिपुरमा २०७६साल जेठ ३गते बसेको बैठकले प्रतिष्ठानले काठमाडौ उपत्यका बाहिरका जिल्लाहरुमा जेठ १५गते बिहान प्रभातफेरि गरि मुख्य चोकमा दीप प्रजवलन गर्ने निर्णय गर्दे कार्यक्रम व्यवस्थित र प्रभावकारी ढंगले सफलताका साथ सम्पादन गराउन केन्द्रीय प्रतिनिधि समेत खटाएको थियो ।
Comments
Post a Comment