Posts

Showing posts from September, 2019

फुलारा ‘राष्ट्रिय शिखर अनर अवार्ड–२०७६’ बाट विभुषित

Image
लुम्बिनीपत्र काठमाडौं ।  उपन्यासकार, लेखक, अन्वेषक एवं साहित्यकार भीष्मराज फुलारा ‘राष्ट्रिय शिखर अनर अवार्ड–२०७६’ बाट विभुषित भएका छन्।  उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र शिखर नेपालका अध्यक्ष एवं राष्ट्रिय शिखर अनर अवार्ड–२०७६ का संयोजक शेखर खनालले विशेष समारोहबीच फुलारालाई पुरस्कार, प्रमाणपत्र र अवार्ड संयुक्त रुपमा हस्तान्तरण गरेका हुन्।  टुहुरो कुण्डली’ उपन्यासको अंग्रेजी संस्करण ‘ओरपान हरस्कोप’ लोकर्पण गरिएको भोलिपल्ट शनिवार उनी विभुषित भएका हुन् ।  उपप्रधान तथा रक्षामन्त्री पोखरेलले नेपाली साहित्य जगत्मा फुलाराले देखाउनुभएको सक्रियताले साहित्य क्षेत्रकोमात्रै नभएर देशकै शिर उच्च भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘यस्ता अवार्डबाट अझ अगाडि बढ्न फुलारालाई थप प्रोत्साहन मिलोस् ।’ ‘नेपाली साहित्यको क्षेत्रमा विगत लामो समयदेखि पुस्तक लेखन, खोज तथा अनुसन्धानमूलक साहित्य सिर्जना एवं ऐतिहासिक बृत्तचित्र लेखनजस्ता गहन विषयमा क्रियाशिल रही नेपाली साहित्य जगत्मा उच्च योगदान पुर्याउँदै साहित्य फाँटमा विशिष्ट पहिचान स्थापित गरी चर्चित लेखकको श्रेणीमा श...

इन्टर्न्सिप गरिरहेका विप्लवका छोरा पक्राउ

Image
लुम्बिनी पत्र गुलरिया। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थित जनस्वाथ्यकर्मी महासंघका महासचिव प्रकाश चन्दसहितका विद्यार्थीहरू पक्राउ परेका छन्। चितवन मेडिकल कलेज भरतपुरमा आन्दोलन गरिरहेका उनीहरूलाई बुधबार बिहान चितवन प्रहरीले पक्राउ गरेको हो। मेडिकल कलेजमा आन्दोलन गरेर सेवा प्रभावित गर्न खोज्ने विद्यार्थी र सर्वसाधरण गरी १० पुरुष र ५ महिलाई पक्राउ गरिएको चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए। कलेजले निर्धारण गरेको भन्दा धेरै शुल्क लिएको, अध्ययनरत विद्यार्थी तथा बिरामीको समस्या नबुझेको भन्दै केही दिनदेखि चन्दको अगुवाइमा चितवन मेडिकल कलेजका विद्यार्थी आन्दोलित थिए। प्रकाश प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा हुन् । प्रकाशले सोही मेडिकल कलेजमा इन्टर्न्सिप गरिरहेका छन्। 

मनकामना केबलकार ५ दिन सेवा बन्द हुने

Image
लुम्बिनीपत्र काठमाडौं । मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आइरहेको मनकामनास्थित केबलकार आगामी भदौ २२ देखि ५ दिन बन्द हुने भएको छ । केवलकारको मर्मत – सम्भारका लागि भन्दै प्रालिले ५ दिन सेवा बन्द गर्न लागेको हो । प्रालिले बिहीबार एक सूचना जारी गरी मुलह्विल लिनर चेन्जिङ , मेन मोटर सर्भिसिङ तथा रोप रिङस्प्लिसिङलगायतको मर्मतका लागि भदौ २२ देखि २७ गतेसम्म ५ दिनका लागि केवलकार बन्द रहने जनाएको छ । मनकामना दर्शनका लागि जाने दर्शनार्थीले मनकामना केवलकार प्रयोग गर्ने गरेका छन् । केवलकार २० वर्षअघि अस्ट्रियाको डोप्पलमेरले बनाएको थियो । उसले निश्चित अवधिमा आफूले बनाएका केवलकार अवस्थाबारे अनुगमन गर्ने गरेको छ । यहीअनुरूप त्यहाँबाट प्राविधिक टोली आएको र उसकै निगरानीमा मर्मत सम्भार हुन लागेको प्रालिले जनाएको छ ।