इन्टर्न्सिप गरिरहेका विप्लवका छोरा पक्राउ



लुम्बिनी पत्र
गुलरिया। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थित जनस्वाथ्यकर्मी महासंघका महासचिव प्रकाश चन्दसहितका विद्यार्थीहरू पक्राउ परेका छन्।
चितवन मेडिकल कलेज भरतपुरमा आन्दोलन गरिरहेका उनीहरूलाई बुधबार बिहान चितवन प्रहरीले पक्राउ गरेको हो।
मेडिकल कलेजमा आन्दोलन गरेर सेवा प्रभावित गर्न खोज्ने विद्यार्थी र सर्वसाधरण गरी १० पुरुष र ५ महिलाई पक्राउ गरिएको चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए।

कलेजले निर्धारण गरेको भन्दा धेरै शुल्क लिएको, अध्ययनरत विद्यार्थी तथा बिरामीको समस्या नबुझेको भन्दै केही दिनदेखि चन्दको अगुवाइमा चितवन मेडिकल कलेजका विद्यार्थी आन्दोलित थिए।

प्रकाश प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा हुन् । प्रकाशले सोही मेडिकल कलेजमा इन्टर्न्सिप गरिरहेका छन्। 

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न