Posts

राज्यले नितिगत प्रणालीमा सुधार गर्नुपर्ने : धान दिवस

Image
लुम्बिनी पत्र । राष्ट्रिय धान दिवसको नेपाल किसान महासंघ लुम्बिनी प्रदेशद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले वास्तविक किसानले अनुदान नपाएकोले  राज्यले नितिगत प्रणालीमा सुधार गर्नुपर्ने बताउनु भएको छ। उहाले सरकारले समयमै मल वितरण गर्न नसक्दा यसले राष्ट्रिय उत्पादनमा ठूलो प्रभाव पारेको बताउँदै मल आयातका लागि एक द्वार प्रणाली कठिन भएकाले यसलाई खुल्ला गर्ने सकेमात्र किसानले समयमा पाउने जिकिर गर्नु भयो ।कार्यक्रममा सहमहामन्त्री निमा गिरि, प्रदेश समितिका सदस्यहरू, किसान संघका नेताहरू एवम् अन्यको सहभागिता रहेको थियो । 

बर्दिया प्रहरीले लागु औषध चरेस सहित ३ जनालाई पक्राउ गर्यो

Image
लुम्बिनी पत्र । बर्दिया प्रहरीले लागु औषध चरेस सहित ३ जनालाई पक्राउ गरेको छ।जेठ १४ गते ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट प्रहरी निरीक्षक धर्मराज जोशीको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला बर्दिया बढैयाताल गाउँपालिका वडा नं.३ भोलागौडी मान्झुण्डी सामुदायीक बन नजिक बाट उनीहरू लाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला बाँके खजुरा गाउँपालिका वडा नं.६ सिमलघारी बस्ने बर्ष २६ को कमल बिश्वकर्मा, ऐ.ऐ.बस्ने बस्ने बर्ष ३२ को कालि बहादुर चदारा र जिल्ला बर्दिया बढैयाताल गाउँपालिका वडा नं.८ शितलाबजार बस्ने बर्ष ४८ को बल बहादुर कामी रहेका छन् । शंकास्पद तरिकाले उभिएर कुरा गरीरहेको अवस्थामा फेला पारी निजहरुलाई खानतलासी गर्दा निजहरुको साथमा रहेको कालो रंगको झोलाभित्र कालो प्लास्टिकमा लुकाई छिपाई राखेको लागु औषध चरेस ६९४ ग्राम फेला पारी फेला परेको लागु औषध सहित निजहरुलाई कानून बमोजिम नियन्त्रणमा लिई लागु औषध मुद्दामा आवश्यक अनुसन्धान कार्य अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनु भयो ।

अनुमति बिना हिँड्ने भाडाका सवारी साधन धमाधम कारवाहीमा

Image
लुम्बिनी पत्र । बर्दिया  प्रशासन, प्रहरीले अनुमति बिना हिँड्ने २ पांग्रे सवारीलाई २ हजार र अन्य सवारी साधनमा ५ हजार रुपैयाँ जरिवाना लिन सुरु गरेको छ।  बर्दिया प्रहरीले अनुमति बिना हिडेको लमजुङबाट आएको यात्रुवाहक भाडाको बसलाई नियन्त्रणमा लिई  गुलरिया भादा पुलबाट नियन्त्रणमा लिइ नेपाल सरकारले जेठ ६ गते जारी गरेको  कोभिड संकट व्यवस्थापन अध्यादेश अनुसार ५ हजार जरीवाना लिईएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनु भयो ।  बर्दियामा हालसम्म अनुमति बिना सञ्चालन भएका एक दर्जन बढी भाडाका सवारीलाई जनही रु ५ हजारका दरले जरिवाना गरिएको प्रजिअ सन्त वहादुर सुनारले बताउनु भयाे ।निषेधाज्ञा अवधिमा अध्यादेश बमोजिम काम गर्न बाधा अवरोध पुर्‍याएमा ५ लाख रुपैयाँ र एक वर्षसम्म जरिवाना हुन सक्ने प्रावधान छ। अध्यादेशअनुसार मापदण्ड पालना नगरेमा ६ महिना कैद र ३ लाख रुपैयाँसम्म वा दुवै सजाय हुन सक्ने छ । आदेश उलंघन गरेमा व्यक्तिलाई १ लाख रुपैयाँसम्म जरिवाना हुने छ । संस्थाले निषेधाज्ञा उल्लंघन गरेमा ५ लाख सम्म जरिवाना हुने छ । साथै, मास्क नलगाई सार्वजनिक रुपमा हिँडड्ल गरे पटकै पिच्छे १ सय रु...

हात्तिको आक्रमणबाट बर्दियामा आमा छोरीको मृत्यू

Image
लुम्बिनी पत्र । हात्तिको आक्रमणबाट बर्दियामा आमा छोरीको मृत्यू भएको छ।  गेरुवा गाउँपालिका वडा नं. १ सरखोल खचकपुर बस्ने बर्ष ३७ की चन्द्रा बि.क.र निजको छोरी बर्ष ३ की दिपिका बि.क.को हात्तीको आक्रमणमा परी ज्यान गएको हो । जेठ१० गते राति ९ बजेको समयमा आफ्नो घरमा बसी रहेको अवस्थामा बर्दिया राष्ट्रिय निकिञ्जबाट दुई वटा जंगली हात्ती आई दुबै जनालाई आक्रमण गरी आफ्नो सुडमा उठाई घरबाट अन्दाजी ३० मिटर टाढा लगी छोडेको थियो ।  आमा चन्द्रा बि.क. को घटनास्थलमै मृत्यू भएको र छोरी दिपिका बि.क. सक्त घाईते अवस्थामा रहेकोले उपचारको लागी नेपालगंज मेडिकल कलेज नेपालगंज लगिएकोमा मिति ११ गते बिहान १०:४० बजे उपचारकै क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनु भयो।

बर्दियामा ९ वटा सवारी साधनलाई ४५ हजार जरिवाना

Image
लुम्बिनी पत्र । हालै जारी भएको “कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८” अनुसार बर्दियामा ९ वटा सवारी साधनहरु कारवाहीमा परेका छन् । लक डाउनमा बिना अनुमति यात्रु ओसारपसार गरी सवारी चलाइरहेको अवस्थामा ९ वटा गाडी नियन्त्रणमा लिई आवश्यक कारवाही गरिएको हो ।  प्रती सवारी साधन रू. ५०००/-  गरी ९ वटा सवारी साधनलाई जम्मा ४५ हजार जरिवाना भएको  छ । जिल्ला प्रहरी कार्यालय बर्दिया मातहतका प्रहरी कार्यालयहरूले नियमित ड्युटी चेकजाँचको क्रममा निषेधाज्ञाको अवधिमा वाहिरी जिल्लाहरूबाट बर्दिया जिल्लामा बिना अनुमति यात्रु ओसारपसार गरी सवारी चलाइरहेको अवस्थामा ९ वटा गाडी नियन्त्रणमा लिईएको  थियो।  आवश्यक कारवाहीको लागि प्रमुख जिल्ला अधिकारी समक्ष पेश गरिएकोमा उक्त सवारी साधनका चालकहरुलाई प्रती सवारी साधन रू. ५०००/- जरिवाना भएको प्रहरी उपरीक्षक  कार्कीले बताउनु भयो।

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

Image
लुम्बिनी पत्र। बर्दियामा व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद भएको छ। वैशाख २६ गते बिहान ०९.३० बजेको समयमा बर्दियाको राजापुर न.पा.४ कैलाली र बर्दियाको सिमाना सत्तिघाट पुलमा स्रोत नखुलेको भारतिय नोट रु. १७ लाख ५० हजार नेपालीमा हुन आउने रकम रु.२८ लाख  बरामद गरिएको हो । टिकापुरबाट नेपालगंज जादै गरेको सु.प.प्र.०१-००८ प ८१४५ नं.को १५० सि.सि.पल्सर मो.सा.चालक टिकापुर न.पा.१ टिकापुर बस्ने बर्ष २९ को गोपाल चौधरीको साथमा रहेको स्रोत नखुलेको भारतिय नोट रु. १७लाख ५० हजार (नेपालीमा हुन आउने रकम रु. २८ लाख) बरामद भएको हो ।  निज व्यक्तिलाई मोटरसाइकलसहित नियन्त्रणमा  लिएको सशस्त्र  प्रहरी बल नेपाल ३१ नम्बर गण बर्दियाले जनाएको छ ।   बिओपि राजापुर बर्दियाबाट  सप्रनानि मोतिराज अधिकारीको कमाण्डमा ५ जना र ईलाका प्रहरी कार्यालय राजापुर बर्दियाबाट प्र.नि.सन्तोष घिमिरेको कमाण्डमा खटिएको ५ जनाको सयुक्त टोलीले चेक प्वाईन्ट थापी चेक जाँच गर्दा  सो रकम बरामद भएको हो । चौधरी बाट निजले प्रयोग गरेको मोटरसाईकल थान-१, ल्यापटप थान-१ मोबाईल थान-१, सिमकार्ड NTC र Ncel...

चितुवाको आक्रमणमा परि २ सर्वसाधरण घाइते, आक्रमणकारी चिुतुवाको मृत्यु

Image
लुम्बिनी पत्र । भारतीय सीमा नजिकै रहेको आफनै खेतबारीमा काम गरि रहेको अवस्थामा भारतको जंगलबाट आएको चितुवाको  आक्रमणमा परि २जना सर्वसाधरण किसान घाईते भएका छन् ।  वैशाख २६गते बिहान ७ः ३०बजेको समयमा खेतवारीमा काम गर्दा बर्दियाको गुलरिया न.पा.१० कालाबन्जार बस्ने बर्ष ५० को ईद्रिसी बेहेनालाई चितुवाले एक्कासी आक्रमण गरेको थियो ।  आक्रमणमा परि बेहेनाको मुख,हात र शरिरको बिभिन्न भागमा चोट लागको  छ ।  चितुवाले आक्रमण गरि रहेको अवस्थामा  सोही ठाउँका बर्ष ३० सफिक बेहेनाले चितुवाको आक्रमणबाट ५० को ईद्रिसी बेहेनालाई छुट्टाउन खोज्दा निजको पनि हात,ढाडमा चोट लागको छ ।  दुबै जना घाईतेलाई उपचारको लागी बर्दिया अस्पताल गुलरिया तर्फ पठाईएको प्रहरी उपरीक्षक इश्वर कार्कीले बताउनु भयो । मानिसलाई आक्रमण गरेको केही बेरमा चितुवा मृत अवस्थामा फेला परेको छ । डिभीजन वन कार्यालय संग समन्वय गरि घटनास्थलमा प्रहरी नायब निरीक्षक खडक डाँगीको कमाण्डमा ४ जनाको टोली खटि गएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनु भयो ।