चितुवाको आक्रमणमा परि २ सर्वसाधरण घाइते, आक्रमणकारी चिुतुवाको मृत्यु
लुम्बिनी पत्र । भारतीय सीमा नजिकै रहेको आफनै खेतबारीमा काम गरि रहेको अवस्थामा भारतको जंगलबाट आएको चितुवाको आक्रमणमा परि २जना सर्वसाधरण किसान घाईते भएका छन् ।
वैशाख २६गते बिहान ७ः ३०बजेको समयमा खेतवारीमा काम गर्दा बर्दियाको गुलरिया न.पा.१० कालाबन्जार बस्ने बर्ष ५० को ईद्रिसी बेहेनालाई चितुवाले एक्कासी आक्रमण गरेको थियो । आक्रमणमा परि बेहेनाको मुख,हात र शरिरको बिभिन्न भागमा चोट लागको छ ।
चितुवाले आक्रमण गरि रहेको अवस्थामा सोही ठाउँका बर्ष ३० सफिक बेहेनाले चितुवाको आक्रमणबाट ५० को ईद्रिसी बेहेनालाई छुट्टाउन खोज्दा निजको पनि हात,ढाडमा चोट लागको छ ।
दुबै जना घाईतेलाई उपचारको लागी बर्दिया अस्पताल गुलरिया तर्फ पठाईएको प्रहरी उपरीक्षक इश्वर कार्कीले बताउनु भयो ।
मानिसलाई आक्रमण गरेको केही बेरमा चितुवा मृत अवस्थामा फेला परेको छ । डिभीजन वन कार्यालय संग समन्वय गरि घटनास्थलमा प्रहरी नायब निरीक्षक खडक डाँगीको कमाण्डमा ४ जनाको टोली खटि गएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनु भयो ।

Comments
Post a Comment