अनुमति बिना हिँड्ने भाडाका सवारी साधन धमाधम कारवाहीमा

लुम्बिनी पत्र । बर्दिया  प्रशासन, प्रहरीले अनुमति बिना हिँड्ने २ पांग्रे सवारीलाई २ हजार र अन्य सवारी साधनमा ५ हजार रुपैयाँ जरिवाना लिन सुरु गरेको छ।  बर्दिया प्रहरीले अनुमति बिना हिडेको लमजुङबाट आएको यात्रुवाहक भाडाको बसलाई नियन्त्रणमा लिई  गुलरिया भादा पुलबाट नियन्त्रणमा लिइ नेपाल सरकारले जेठ ६ गते जारी गरेको  कोभिड संकट व्यवस्थापन अध्यादेश अनुसार ५ हजार जरीवाना लिईएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनु भयो ।  बर्दियामा हालसम्म अनुमति बिना सञ्चालन भएका एक दर्जन बढी भाडाका सवारीलाई जनही रु ५ हजारका दरले जरिवाना गरिएको प्रजिअ सन्त वहादुर सुनारले बताउनु भयाे ।निषेधाज्ञा अवधिमा अध्यादेश बमोजिम काम गर्न बाधा अवरोध पुर्‍याएमा ५ लाख रुपैयाँ र एक वर्षसम्म जरिवाना हुन सक्ने प्रावधान छ।

अध्यादेशअनुसार मापदण्ड पालना नगरेमा ६ महिना कैद र ३ लाख रुपैयाँसम्म वा दुवै सजाय हुन सक्ने छ । आदेश उलंघन गरेमा व्यक्तिलाई १ लाख रुपैयाँसम्म जरिवाना हुने छ । संस्थाले निषेधाज्ञा उल्लंघन गरेमा ५ लाख सम्म जरिवाना हुने छ ।

साथै, मास्क नलगाई सार्वजनिक रुपमा हिँडड्ल गरे पटकै पिच्छे १ सय रुपैयाँ जरिवाना हुनेछ । अनुमति बिना हिँड्ने २ पांग्रे सवारीलाई २ हजार र अन्य सवारी साधनमा ५ हजार रुपैयाँ जरिवाना हुन्छ । 

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न