हात्तिको आक्रमणबाट बर्दियामा आमा छोरीको मृत्यू


लुम्बिनी पत्र । हात्तिको आक्रमणबाट बर्दियामा आमा छोरीको मृत्यू भएको छ।  गेरुवा गाउँपालिका वडा नं. १ सरखोल खचकपुर बस्ने बर्ष ३७ की चन्द्रा बि.क.र निजको छोरी बर्ष ३ की दिपिका बि.क.को हात्तीको आक्रमणमा परी ज्यान गएको हो । जेठ१० गते राति ९ बजेको समयमा आफ्नो घरमा बसी रहेको अवस्थामा बर्दिया राष्ट्रिय निकिञ्जबाट दुई वटा जंगली हात्ती आई दुबै जनालाई आक्रमण गरी आफ्नो सुडमा उठाई घरबाट अन्दाजी ३० मिटर टाढा लगी छोडेको थियो ।  आमा चन्द्रा बि.क. को घटनास्थलमै मृत्यू भएको र छोरी दिपिका बि.क. सक्त घाईते अवस्थामा रहेकोले उपचारको लागी नेपालगंज मेडिकल कलेज नेपालगंज लगिएकोमा मिति ११ गते बिहान १०:४० बजे उपचारकै क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनु भयो।

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न