वनको जग्गा कारखानाको नाममा


लुम्बिनीपत्र
गुलरिया, कार्तिक ४ ।  मारुती सिमेन्ट कारखानाले वन क्षेत्रको जग्गा आफ्नो नाममा दर्ता गराएको तथ्य सार्वजनिक भएको छ ।
कारखानाले नरहा गाउँपालिका वडा नं ३ को सामुदायिक वनको जग्गा आफ्नो नाममा दर्ता गराएको तथ्य खुलेको हो । कारखानाले जोभा प्राकृतिक सामुदायिक वनको १३ कट्ठा पाँच धुर जग्गा आफ्नो नाममा दर्ता गराएको देखिएको छ । मालपोत कार्यालय सिरहाको अभिलेखअनुसार कारखानाले सो जग्गा विस २०७३ पुस ३ गते कित्ताकाट गराएको देखिन्छ ।
कारखानाका लागि मोरङ विराटनगरका मनोज राठीको नाममा मालपोत कार्यालय सिरहाबाट कित्ताकाट गराएको पाइएको छ । डिभिजन कार्यालय सिरहाका वन प्रमुख सुनिलकुमार सिंह सरकारले विसं २०५१ चैत ५ गते जोभा प्राकृतिक सामुदायिक वनका रूपमा हस्तान्तरित ३१ हेक्टरमध्ये गोरखनाथ गणलाई दिई बाँकी रहेको १८ हेक्टर वन क्षेत्रको १३ कट्ठा ५ धुर जग्गा राठीको नाममा दर्ता पाइएको छ । उहाँले यस सम्बन्धमा कानूनबमोजिम जाँचबुझ अनुसन्धान प्रक्रिया शुरू गरिएको र दोषीउपर वन ऐनबमोजिम कारवाही गरिने बताएको रा.स.स.ले जनाएको छ । 
x

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न