व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद
लुम्बिनी पत्र। बर्दियामा व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद भएको छ। वैशाख २६ गते बिहान ०९.३० बजेको समयमा बर्दियाको राजापुर न.पा.४ कैलाली र बर्दियाको सिमाना सत्तिघाट पुलमा स्रोत नखुलेको भारतिय नोट रु. १७ लाख ५० हजार नेपालीमा हुन आउने रकम रु.२८ लाख बरामद गरिएको हो । टिकापुरबाट नेपालगंज जादै गरेको सु.प.प्र.०१-००८ प ८१४५ नं.को १५० सि.सि.पल्सर मो.सा.चालक टिकापुर न.पा.१ टिकापुर बस्ने बर्ष २९ को गोपाल चौधरीको साथमा रहेको स्रोत नखुलेको भारतिय नोट रु. १७लाख ५० हजार (नेपालीमा हुन आउने रकम रु. २८ लाख) बरामद भएको हो । निज व्यक्तिलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल ३१ नम्बर गण बर्दियाले जनाएको छ । बिओपि राजापुर बर्दियाबाट सप्रनानि मोतिराज अधिकारीको कमाण्डमा ५ जना र ईलाका प्रहरी कार्यालय राजापुर बर्दियाबाट प्र.नि.सन्तोष घिमिरेको कमाण्डमा खटिएको ५ जनाको सयुक्त टोलीले चेक प्वाईन्ट थापी चेक जाँच गर्दा सो रकम बरामद भएको हो । चौधरी बाट निजले प्रयोग गरेको मोटरसाईकल थान-१, ल्यापटप थान-१ मोबाईल थान-१, सिमकार्ड NTC र Ncel...


Comments
Post a Comment