हकीमा घरेलु टिम ५नं.प्रदेशले कास्यमा चित्त बुझायो
लुम्बिनी पत्र नेपालगञ्ज । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत नेपालगन्जमा जारी पुरुष हकी प्रतियोगितामा घरेलु टिम प्रदेश ५ ले काँस्यमा चित्त बुझाएको छ । सुदूरपश्चिम प्रदेशलाई ३–० गोलले पराजित गरि प्रदेश ५ तेस्रो भएको छ । नेपालगञ्जस्थित मंगलप्रसाद माविको खेल मैदानमा बुधवार भएको खेलमा प्रदेश ५ का ३६ औँ मिनेटमा मनिष गुरुङले पहिलो गोल गरे । भने, प्रदेश ५ का शशी दर्लामीले ५१ औँ मिनेटमा पेनाल्टी कर्नरलाई गोलमा परिणत गरेर आफ्नो टिमलाई २–० गोलको अग्रता दिलाए । पुलिससँग पराजित भई तेस्रोका लागि प्रदेश ५ सँग भिडेको सुदूरपश्चिमका खेलाडी आक्रामक रुपमा खेलमैदानममा उत्रिए पनि गोल गर्न सकेनन् । सुदूरपश्चिमका खेलाडीलाई पाखा लगाउँदै प्रदेश ५ का रविकान्त कुमारले ५४ औँ मिनेटमा अर्को गोल गरे । दिउँसो नेपाल पुलिस क्वल र त्रिभुवन आर्मी क्लव वीच फाइनल खेल हुने भएको विश्वराज पछल्डङ्ग्याले जानकारी दिए ।