मदन बाबाको सानिध्यतामा सुर्यपटुवाको कुसुम्मा गाँउमा भक्ति तथा उद्वार शिविर जारि



लुम्बिनी पत्र
 मधुवन। पिण्डेश्वर बाबा शिव लक्ष्मी धाम बर्दियाको आयोजनामा चैत्र १८गते सोमवारबाट मधुवन १ कुसुम्मा गाउँमा भक्ति तथा उद्वार शिविर जारि रहेको छ ।

पिण्डेश्वर बाबा परम उद्धार कर्ता संकट मोचन स्वरुप गुरु मदन बाबा सानिध्यतामा भक्ति तथा उदार शिविर सञ्चालन गरिएको पिण्डेश्वर बाबा शिव लक्ष्मी धाम बर्दियाकी अध्यक्ष ज्ञानुमाया रिजालले बताइन् ।

बिभिन्न शारिरिक पीडा, रोग,पितृ दोष, मानसिकता सम्बन्धि समस्या, कर्म बाधा, अडचन भएकाहरुले भक्ति तथा उद्धार शिविर मार्फत लाभ उठाउन सक्ने अध्यक्ष रिजालले बताइन् ।
शिविरमा मधुवन र ठाकुरबाबा नगरपालिका क्षेत्रका ५०० जतिको सहभागिता रहेको छ। मधुवन १को सुर्यपटुवामा चैत्र १८गतेदेखि २२गतेसम्म सो कार्यक्रम हुने आयोजकले जनाएका छन् ।

 पिण्डेश्वर बाबा शिव लक्ष्मी धाम बर्दियाको आयोजनमा बारबर्दिया १ को जमुनीयामा चैत्र ११देखि १५गतेसम्म भक्ति, भजन, संगित, सत्सङ तथा उद्धार विशेष कार्यक्रम सम्पन्न भएको र सो कार्यक्रमबाट १००० जना लाभान्वित भएका छन् । 

यसै बीच वैशाख १६ गते देखि २० गतेसम्म बर्दियाको कोठियाघाटमा आयोजना हुने पिण्डेश्वर पाचौं शिव साधना शिवीरको तयारी पनि शुरु गरिएको छ । 


Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न