लुम्बिनी पत्र
राजापुर । पिण्डेश्वर बाबा शिव लक्ष्मी धाम बर्दियाको आयोजनामा चैत्र २३गते राजापुर २ नयाँगाउँमा भक्ति तथा उद्दार शिविर सम्पन्न भएको छ ।
पिण्डेश्वर बाबा परम उद्धार कर्ता संकट मोचन स्वरुप गुरु मदन बाबा सानिध्यतामा एकदिने भतिm तथा उद्दार शिविर सञ्चालन गरिएको पिण्डेश्वर बाबा शिव लक्ष्मी धाम बर्दियाकी अध्यक्ष ज्ञानुमाया रिजालले बताइन् ।
शारिरिक पीडा,रोग, पितृ दोष, मानसिकता सम्बन्धि समस्या, कर्म बाधा, अडचन भएकाहरुले भतिm तथा उद्दार शिविर मार्फत लाभ उठाएको अध्यक्ष रिजालले बताइन् ।
शिविरमा राजापुर नगरपालिका र गेरुवा गाँउपालिकाका गरि ३०० जतिको सहभागिता रहेको उनको भनाइ छ ।
पिण्डेश्वर बाबा शिव लक्ष्मी धाम बर्दियाको आयोजनामा चैत्र १८गतेदेखि २२गतेसम्म मधुवन १ कुसुम्मा गाउँमा र चैत्र ११देखि १५गतेसम्म बारबर्दिया १ को जमुनीयामा भतिm, भजन, संगित, सत्सङ तथा उद्दार विशेष कार्यक्रम सम्पन्न भएको सो कार्यक्रमबाट १५००जना लाभान्वित भएको आयोजकको भनाइ छ ।
वैशाख १६ गते देखि २० गतेसम्म बर्दियाको कोठियाघाटमा पिण्डेश्वर पाचौं शिव साधनाको आयोजना हुदैछ । साधनामा आत्मा,परमात्मा, भतिm जीवन र जगतका बारेमा ज्ञात गराउने अभिप्रायका साथ भतिm, भजन,संगीत, सत्संङ तथा उद्धार विशेष कार्यक्रममा पिण्डेश्वर महादेवका असिम अनुकम्पाले परम उद्दारकर्ता गुरु संकटमोचन स्वरुप मदन बाबाले बिभिन्न प्रकारका रोग,दोष, बिघ्न बाधाबाट मुतmी दिलाउने अध्यक्ष रिजालले बताइन् ।
कोठियाघाटमा हुने पाँच दिने साधना शिवीरको तैयारीमा आफुहरु जुटेको उनको भनाइ छ । साधनामा नेपाल, भारत र गैरआवाशिय नेपालीहरु गरी करिब ३ हजार भतmजनहरुको सहभागिता रहने र देश विदेशबाट आउने साधकहरूलाई स्तरीय बसोबास तथा खानाको व्यवस्था गरिने उनको भनाइ छ।
परम उद्वारकर्ता संकटमोचन स्वरुप मदन बाबाको सानिध्यतामा आयोजना हुने यस शिविरमा साधकहरूले, ध्यान, जप, आराधना, भक्ति र सत्संगमा सक्रिय सहभागिता जनाई लाभ लिन सबैमा अध्यक्ष रिजालले आग्रह गरेकी छिन् ।
यसअघि दाङको तुलसीपुर, बर्दियाको कोठियाघाट, कैलालीको टीकापुर र नेपालगञ्जको भृकुटी नगरमा पिण्डेश्वर शिवलक्ष्मी साधना शिवीर सम्पन्न भइसकेका छन् । परम उद्वारकर्ता संकटमोचनस्वरुप मदन बाबाको सानिध्यतामा देश विदेशमा करिब पाँच लाख बढी साधकहरु रहेको पिण्डेश्वर शिव लक्ष्मी धाम बर्दिया जिल्ला अध्यक्ष रिजालको भनाइ छ ।
अखिल ब्रह्माण्डका मालिक परम पिता प्रमात्मा श्री पिण्डेश्वर महादेवका असिम अनुकम्पाले परम उद्धारकर्ता संकटमोचन स्वरूप श्रदेय गुरुदेव श्री मदन बाबा ज्युको सानिध्यतामा बर्दियामा यही मिति २०७६ साल वैशाख १६गतेदेखि २० गतेसम्म मनुष्यलाई सबै प्रकारको रोग, दोष,बिघ्न र बाधा बाट उद्धार गर्ने अभिप्रायले आयोजना हुन गईरहेको भक्ति,भजन,संगीत,सत्सङ्ग तथा उद्धार विशेष कार्यक्रमा उपस्थित हुन र सो कार्यमा सहयोग गर्नुपर्छ ः अध्यक्ष रिजाल भनिन ।
रोग, दोष, विघ्न बाधाबाट मुतmी पाउनु चाहनु हुन्छ? यदि चाहनुहुन्छ भने भतिm,भजन, संगीत, सत्सङ्ग, तथा उद्धार विशेष कार्यक्रममा तपाइ सरिक हुनुपर्ने उनको भनाइ छ ।
Comments
Post a Comment