बर्दिया प्रहरीले लागु औषध चरेस सहित ३ जनालाई पक्राउ गर्यो
लुम्बिनी पत्र । बर्दिया प्रहरीले लागु औषध चरेस सहित ३ जनालाई पक्राउ गरेको छ।जेठ १४ गते ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट प्रहरी निरीक्षक धर्मराज जोशीको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला बर्दिया बढैयाताल गाउँपालिका वडा नं.३ भोलागौडी मान्झुण्डी सामुदायीक बन नजिक बाट उनीहरू लाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला बाँके खजुरा गाउँपालिका वडा नं.६ सिमलघारी बस्ने बर्ष २६ को कमल बिश्वकर्मा, ऐ.ऐ.बस्ने बस्ने बर्ष ३२ को कालि बहादुर चदारा र जिल्ला बर्दिया बढैयाताल गाउँपालिका वडा नं.८ शितलाबजार बस्ने बर्ष ४८ को बल बहादुर कामी रहेका छन् । शंकास्पद तरिकाले उभिएर कुरा गरीरहेको अवस्थामा फेला पारी निजहरुलाई खानतलासी गर्दा निजहरुको साथमा रहेको कालो रंगको झोलाभित्र कालो प्लास्टिकमा लुकाई छिपाई राखेको लागु औषध चरेस ६९४ ग्राम फेला पारी फेला परेको लागु औषध सहित निजहरुलाई कानून बमोजिम नियन्त्रणमा लिई लागु औषध मुद्दामा आवश्यक अनुसन्धान कार्य अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनु भयो ।