Posts

Showing posts from May, 2021

बर्दिया प्रहरीले लागु औषध चरेस सहित ३ जनालाई पक्राउ गर्यो

Image
लुम्बिनी पत्र । बर्दिया प्रहरीले लागु औषध चरेस सहित ३ जनालाई पक्राउ गरेको छ।जेठ १४ गते ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट प्रहरी निरीक्षक धर्मराज जोशीको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला बर्दिया बढैयाताल गाउँपालिका वडा नं.३ भोलागौडी मान्झुण्डी सामुदायीक बन नजिक बाट उनीहरू लाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला बाँके खजुरा गाउँपालिका वडा नं.६ सिमलघारी बस्ने बर्ष २६ को कमल बिश्वकर्मा, ऐ.ऐ.बस्ने बस्ने बर्ष ३२ को कालि बहादुर चदारा र जिल्ला बर्दिया बढैयाताल गाउँपालिका वडा नं.८ शितलाबजार बस्ने बर्ष ४८ को बल बहादुर कामी रहेका छन् । शंकास्पद तरिकाले उभिएर कुरा गरीरहेको अवस्थामा फेला पारी निजहरुलाई खानतलासी गर्दा निजहरुको साथमा रहेको कालो रंगको झोलाभित्र कालो प्लास्टिकमा लुकाई छिपाई राखेको लागु औषध चरेस ६९४ ग्राम फेला पारी फेला परेको लागु औषध सहित निजहरुलाई कानून बमोजिम नियन्त्रणमा लिई लागु औषध मुद्दामा आवश्यक अनुसन्धान कार्य अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनु भयो ।

अनुमति बिना हिँड्ने भाडाका सवारी साधन धमाधम कारवाहीमा

Image
लुम्बिनी पत्र । बर्दिया  प्रशासन, प्रहरीले अनुमति बिना हिँड्ने २ पांग्रे सवारीलाई २ हजार र अन्य सवारी साधनमा ५ हजार रुपैयाँ जरिवाना लिन सुरु गरेको छ।  बर्दिया प्रहरीले अनुमति बिना हिडेको लमजुङबाट आएको यात्रुवाहक भाडाको बसलाई नियन्त्रणमा लिई  गुलरिया भादा पुलबाट नियन्त्रणमा लिइ नेपाल सरकारले जेठ ६ गते जारी गरेको  कोभिड संकट व्यवस्थापन अध्यादेश अनुसार ५ हजार जरीवाना लिईएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनु भयो ।  बर्दियामा हालसम्म अनुमति बिना सञ्चालन भएका एक दर्जन बढी भाडाका सवारीलाई जनही रु ५ हजारका दरले जरिवाना गरिएको प्रजिअ सन्त वहादुर सुनारले बताउनु भयाे ।निषेधाज्ञा अवधिमा अध्यादेश बमोजिम काम गर्न बाधा अवरोध पुर्‍याएमा ५ लाख रुपैयाँ र एक वर्षसम्म जरिवाना हुन सक्ने प्रावधान छ। अध्यादेशअनुसार मापदण्ड पालना नगरेमा ६ महिना कैद र ३ लाख रुपैयाँसम्म वा दुवै सजाय हुन सक्ने छ । आदेश उलंघन गरेमा व्यक्तिलाई १ लाख रुपैयाँसम्म जरिवाना हुने छ । संस्थाले निषेधाज्ञा उल्लंघन गरेमा ५ लाख सम्म जरिवाना हुने छ । साथै, मास्क नलगाई सार्वजनिक रुपमा हिँडड्ल गरे पटकै पिच्छे १ सय रु...

हात्तिको आक्रमणबाट बर्दियामा आमा छोरीको मृत्यू

Image
लुम्बिनी पत्र । हात्तिको आक्रमणबाट बर्दियामा आमा छोरीको मृत्यू भएको छ।  गेरुवा गाउँपालिका वडा नं. १ सरखोल खचकपुर बस्ने बर्ष ३७ की चन्द्रा बि.क.र निजको छोरी बर्ष ३ की दिपिका बि.क.को हात्तीको आक्रमणमा परी ज्यान गएको हो । जेठ१० गते राति ९ बजेको समयमा आफ्नो घरमा बसी रहेको अवस्थामा बर्दिया राष्ट्रिय निकिञ्जबाट दुई वटा जंगली हात्ती आई दुबै जनालाई आक्रमण गरी आफ्नो सुडमा उठाई घरबाट अन्दाजी ३० मिटर टाढा लगी छोडेको थियो ।  आमा चन्द्रा बि.क. को घटनास्थलमै मृत्यू भएको र छोरी दिपिका बि.क. सक्त घाईते अवस्थामा रहेकोले उपचारको लागी नेपालगंज मेडिकल कलेज नेपालगंज लगिएकोमा मिति ११ गते बिहान १०:४० बजे उपचारकै क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनु भयो।

बर्दियामा ९ वटा सवारी साधनलाई ४५ हजार जरिवाना

Image
लुम्बिनी पत्र । हालै जारी भएको “कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८” अनुसार बर्दियामा ९ वटा सवारी साधनहरु कारवाहीमा परेका छन् । लक डाउनमा बिना अनुमति यात्रु ओसारपसार गरी सवारी चलाइरहेको अवस्थामा ९ वटा गाडी नियन्त्रणमा लिई आवश्यक कारवाही गरिएको हो ।  प्रती सवारी साधन रू. ५०००/-  गरी ९ वटा सवारी साधनलाई जम्मा ४५ हजार जरिवाना भएको  छ । जिल्ला प्रहरी कार्यालय बर्दिया मातहतका प्रहरी कार्यालयहरूले नियमित ड्युटी चेकजाँचको क्रममा निषेधाज्ञाको अवधिमा वाहिरी जिल्लाहरूबाट बर्दिया जिल्लामा बिना अनुमति यात्रु ओसारपसार गरी सवारी चलाइरहेको अवस्थामा ९ वटा गाडी नियन्त्रणमा लिईएको  थियो।  आवश्यक कारवाहीको लागि प्रमुख जिल्ला अधिकारी समक्ष पेश गरिएकोमा उक्त सवारी साधनका चालकहरुलाई प्रती सवारी साधन रू. ५०००/- जरिवाना भएको प्रहरी उपरीक्षक  कार्कीले बताउनु भयो।

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

Image
लुम्बिनी पत्र। बर्दियामा व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद भएको छ। वैशाख २६ गते बिहान ०९.३० बजेको समयमा बर्दियाको राजापुर न.पा.४ कैलाली र बर्दियाको सिमाना सत्तिघाट पुलमा स्रोत नखुलेको भारतिय नोट रु. १७ लाख ५० हजार नेपालीमा हुन आउने रकम रु.२८ लाख  बरामद गरिएको हो । टिकापुरबाट नेपालगंज जादै गरेको सु.प.प्र.०१-००८ प ८१४५ नं.को १५० सि.सि.पल्सर मो.सा.चालक टिकापुर न.पा.१ टिकापुर बस्ने बर्ष २९ को गोपाल चौधरीको साथमा रहेको स्रोत नखुलेको भारतिय नोट रु. १७लाख ५० हजार (नेपालीमा हुन आउने रकम रु. २८ लाख) बरामद भएको हो ।  निज व्यक्तिलाई मोटरसाइकलसहित नियन्त्रणमा  लिएको सशस्त्र  प्रहरी बल नेपाल ३१ नम्बर गण बर्दियाले जनाएको छ ।   बिओपि राजापुर बर्दियाबाट  सप्रनानि मोतिराज अधिकारीको कमाण्डमा ५ जना र ईलाका प्रहरी कार्यालय राजापुर बर्दियाबाट प्र.नि.सन्तोष घिमिरेको कमाण्डमा खटिएको ५ जनाको सयुक्त टोलीले चेक प्वाईन्ट थापी चेक जाँच गर्दा  सो रकम बरामद भएको हो । चौधरी बाट निजले प्रयोग गरेको मोटरसाईकल थान-१, ल्यापटप थान-१ मोबाईल थान-१, सिमकार्ड NTC र Ncel...

चितुवाको आक्रमणमा परि २ सर्वसाधरण घाइते, आक्रमणकारी चिुतुवाको मृत्यु

Image
लुम्बिनी पत्र । भारतीय सीमा नजिकै रहेको आफनै खेतबारीमा काम गरि रहेको अवस्थामा भारतको जंगलबाट आएको चितुवाको  आक्रमणमा परि २जना सर्वसाधरण किसान घाईते भएका छन् ।  वैशाख २६गते बिहान ७ः ३०बजेको समयमा खेतवारीमा काम गर्दा बर्दियाको गुलरिया न.पा.१० कालाबन्जार बस्ने बर्ष ५० को ईद्रिसी बेहेनालाई चितुवाले एक्कासी आक्रमण गरेको थियो ।  आक्रमणमा परि बेहेनाको मुख,हात र शरिरको बिभिन्न भागमा चोट लागको  छ ।  चितुवाले आक्रमण गरि रहेको अवस्थामा  सोही ठाउँका बर्ष ३० सफिक बेहेनाले चितुवाको आक्रमणबाट ५० को ईद्रिसी बेहेनालाई छुट्टाउन खोज्दा निजको पनि हात,ढाडमा चोट लागको छ ।  दुबै जना घाईतेलाई उपचारको लागी बर्दिया अस्पताल गुलरिया तर्फ पठाईएको प्रहरी उपरीक्षक इश्वर कार्कीले बताउनु भयो । मानिसलाई आक्रमण गरेको केही बेरमा चितुवा मृत अवस्थामा फेला परेको छ । डिभीजन वन कार्यालय संग समन्वय गरि घटनास्थलमा प्रहरी नायब निरीक्षक खडक डाँगीको कमाण्डमा ४ जनाको टोली खटि गएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनु भयो ।

कालोबजारी रोक्न बर्दियामा बजार अनुगमन जारी

Image
लुम्बिनी पत्र । जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रजिअ माधव प्रसाद शर्मा, जिल्ला समन्वय अधिकारी कृष्ण खड्का, प्रशासकिय अधिकृत ओम देवकोटा, उद्योग अधिकृत मोहन घर्तीमगर, गुलरिया नगरपालिका वरिष्ठ सामाजिक विकास अधिकृत मुकुन्द अर्याल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष यम नाथ घिमिरे,बर्दिया अध्यक्ष यादव आचार्य, उपभोक्ता हित मञ्चका बर्दिया अध्यक्ष बिष्णु तिमिल्सिना सहितको टोलिले गुलरिया बजारमा संचालित दैनिक उपभोग्य सामान बिक्री वितरण गर्ने पसलहरुको अनुगमन गरेको छ ।  अनुगमनका क्रममा कोभिड संक्रमण फैलिन नदिन पसलहरुलाई गोलो घेरा बनाउन, डोरी टाँगेर  ग्राहक र पसले बीच भौतिक दूरी राखी सामान बिक्री गर्न, ग्राहकलाई साबुन पानीले हात धुने र सेनिटाईजरको  व्यवस्था लगायतका  स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गर्न गर्न गराउन पसलहरुलाई निर्देशन दिएको  सहायक प्रजीअ शर्माले बताउनु  भयो ।  उपभोक्ता हितका लागि  पसलमा साइन बोर्ड र मूल्य सूची राख्न,  गुणस्तरीय सामान बिक्री गर्न  व्यवसायीहरुलाई निर्देशन दिइएको उद्योग अधिकृत घर्तीमगरको भनाई छ । ...

वडा सदस्य थापामगरको अस्पतालको बेड नपाएर एम्बुलेन्समै ज्यान गयो

Image
  लुम्बिनी पत्र बुटवल । बुटवल उपमहानगरपालिका वडा न. ७ का वडा सदस्य ४४ बर्षीय नवीनको थापामगरको अस्पतालको बेड नपाएर एम्बुलेन्समै ज्यान गएको छ। कोरोना संक्रमित थापालाई बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, क्रीमसन अस्पताल, भिम अस्पतालहुँदै युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज भैरहवा पु¥याइएको थियो। तर मेडिकल कलेजमा पनि बेड खाली नहुँदा उनले एम्बुलेन्समै ज्यान गुमाउनुप¥यो।   यसअघि कोरोनाको पहिलो लहरमा बुटवल उपमहानगरपालिका –८ का वडा सचिव नारायण ज्ञवालीले पनि बेड अभावमै ज्यान गुमाउनु भएको थियो ।  चिकित्सकका अनुसार पहिलो चरणमा संक्रमण देखिए पनि सबैलाई अक्सिजन आवश्यक थिएन। तर दोस्रो लहरमा फैलिएको संक्रमणपछि अस्पताल पुग्ने सबै बिरामीलाई अक्सिजन लगाउनैपर्ने बाध्यता छ। थापालाई पनि मेडिकल कलेजमा बेड खाली भए पनि अक्सिजन नहुँदा एम्बुलेन्सको अक्सिजनकै साहारामा मेडिकल कलेज बाहिर राखिएको थियो। जनप्रतिनिधिलेसमेत अक्सिजन अभावमा अस्पताल बाहिर ज्यान गुमाउँछन् भने सर्वसाधारणको अवस्था कस्तो होला कल्पना गर्न सकिन्न। कोरोना संक्रमितको उपचार गराईरहेका रूपन्देहीका ५ वटा अस्पताल कुनैमा पनि एक जना थप ...