रेडक्रस सोसाइटीमा सभापतिमा भट्टराइ , सचिवमा घिमिरे निर्विरोध निर्वाचित
लुम्बिनी पत्र राजापुर। नेपाल रेडक्रस सोसाइटीको राजापुर क उपशाखाको अधिवेशनबाट वर्तमान सभापति माया भट्टराइ पुनः उपशाखा कार्य समितिको सभातिमा निर्विरोध निर्वाचित भएकी छिन् । कार्यसमितिका पदाधिकारी चयन गर्न सुरु गरिएको निर्वाचन प्रक्रियामा सभापति लगायत सबै पदमा निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनले बिमला जि.सि.लाइ उपसभापतिमा, सुर्यप्रसाद घिमिरेलाइ सचिवमा, सपना रोकायलाइ कोषाध्यक्षमा,रतन भण्डारीलाइ सहसचिवमा,राजकुमार चौधरीलाइ सहकोषाध्यक्षमा निर्विरोध निर्वाचित गरेको मतदान अधिकृत रुपन ज्ञवालीले जानकारी दिए । यस्तै कृष्ण गोपाल थारु, कृष्णप्रसाद शर्मा, लोकराज जैशी, सुन्दराम थारु र देवि तिमिल्सिना कार्य समितिको सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । सभापतिमा निर्वाचित भट्टराइ र सचिवमा निर्वाचित घिमिरे यस यसअघि दुई कार्यकालका लागि पनि निर्विरोध निर्वाचित भएका थिए । उपशाखा कार्य समितिको कार्यकाल दुई वर्षको हुन्छ । नव निर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाइ नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बर्दियाका सभापति जिल्ला निर्वाचन अधिकारी कृष्णप्रसाद गौतमर निर्वाचन अधिकारी कृष्णप्रसाद गौतमल...