रेडक्रस सोसाइटीमा सभापतिमा भट्टराइ , सचिवमा घिमिरे निर्विरोध निर्वाचित

लुम्बिनी पत्र
राजापुर। नेपाल रेडक्रस सोसाइटीको राजापुर क उपशाखाको अधिवेशनबाट वर्तमान सभापति माया भट्टराइ पुनः उपशाखा कार्य समितिको सभातिमा निर्विरोध निर्वाचित भएकी छिन् । कार्यसमितिका पदाधिकारी चयन गर्न सुरु गरिएको निर्वाचन प्रक्रियामा सभापति लगायत सबै पदमा निर्विरोध निर्वाचित भएका छन् ।
अधिवेशनले बिमला जि.सि.लाइ उपसभापतिमा, सुर्यप्रसाद घिमिरेलाइ सचिवमा, सपना रोकायलाइ कोषाध्यक्षमा,रतन भण्डारीलाइ सहसचिवमा,राजकुमार चौधरीलाइ सहकोषाध्यक्षमा निर्विरोध निर्वाचित गरेको मतदान अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।
यस्तै कृष्ण गोपाल थारु, कृष्णप्रसाद शर्मा, लोकराज जैशी, सुन्दराम थारु र देवि तिमिल्सिना कार्य समितिको सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
सभापतिमा निर्वाचित भट्टराइ र सचिवमा निर्वाचित घिमिरे यस यसअघि दुई कार्यकालका लागि पनि निर्विरोध निर्वाचित भएका थिए । उपशाखा कार्य समितिको कार्यकाल दुई वर्षको हुन्छ ।
नव निर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाइ नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बर्दियाका सभापति जिल्ला निर्वाचन अधिकारी कृष्णप्रसाद गौतमर निर्वाचन अधिकारी कृष्णप्रसाद गौतमले प्रमाण पत्र बितरण तथा शपथ ग्रहण गराउदै रेडक्रसको नीति सिद्धान्त र आर्दशलाइ आत्मसाथ गर्दै कार्य गर्न निर्देशन दिएका छन् । 


Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न