मित्रकुञ्जद्वारा निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न


लुम्बिनी पत्र 

ठाकुरद्वारा । करिब डेढ बर्ष अघि स्थापना भएको मित्रकुञ्ज नेपालगञ्ज शाखाका अध्यक्ष रमेशकुमार श्रेष्ठ, सचिव डा. संकेत रिसाल, पुर्व प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाको पहलमा बर्दिया राष्ट्रिय निकुञ्जमा फागुन २७गते सोमवार एकदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ ।बर्दिया राष्ट्रिय निकुञ्ज र चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान बर्दियाको स्थापना दिवसको अवसरमा मध्यवर्ती क्षेत्रका वन्यजन्तु पीडित तथा स्थानीयलाइ लक्षित गरि स्वास्थ्य शिविर आयोजना गरिएको हो ।बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय परिसर ठाकुरद्वारामा  भेरी अञ्चल अस्पताल नेपालगञ्ज,मेडिकल कलेज नेपालगञ्ज र सेती अस्पताल धनगढीमा कार्यरत रहि मित्रकुञ्जमा आबद्ध वरिष्ठ चिकित्सकहरुले शिविरमा निःशुल्क स्वास्थ्य जाँच गरेका हुन् ।मित्रकुञ्ज नेपालगञ्ज शाखा, बर्दिया राष्ट्रिय निकुञ्ज  कार्यालय ठाकुरद्वारा, शिवदल गण, ठाकुरद्वारा ब्यारेक, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति , राष्टिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रम, चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान, पानस फर्मास्यिुटिक्ल्स नेपालगञ्ज, उज्यालो नेपाल बर्दिया, थारु महिला उत्थान केन्द्र बर्दिया, बर्दिया टाइगर रिर्सोट प्रा.लि. ठाकुरद्वाराको आयोजनामा सो शिविर सम्पन्न भएको हो ।

शिविरमा ८०० भन्दा बढीको निःशुल्क स्वास्थ्य जाँच गर्नुका साथै औषधीहरु पनि निःशुल्क प्रदान गरिएको र केहीले थप उपचारका लागि भेरी अञ्चल अस्पतालमा सिफारीस गरिएको मित्रकुञ्जका  सचिव भेरी अञ्चल अस्पतालका वरिष्ठ फिजीसियन डा. संकेत रिसालले बताए। 

शिविरमा मित्रकुञ्जका अध्यक्ष डा. एंव नाक, कान ,घाँटी रोग विशेषज्ञ डा. रमेश श्रेष्ठ , सचिव एंव पेट, छाती रोग विशेषज्ञ एंव वरिष्ठ फिजीशियन डा.संकेत रिसाल, स्त्रीरोग विशेषज्ञ डा. उर्मिला रिसाल र डा. कुमार सांन, सर्जरी विशेषज्ञ डा. रुपानन्द अधिकारी, विनोद कर्ण, डा दिनेश श्रेष्ठ, डा प्रमोद शर्मा , नाक, कान, घाँटी रोग विशेषज्ञ डा.दिनेश चौ, आँखा रोग विशेषज्ञ डा. सतीश दाहाल,  बाल रोग विशेषज्ञ डा. पिताम्बर सुबेदी, र विजय प्रधान , यौन तथा छाला रोग विशेषज्ञ डा. आर. के. झा , हडी तथा नशा रोग विशेषज्ञ डा.अनुप शर्मा, प्रमोद जोशीले निशुल्क स्वास्थ्य सेवा प्रदान गरेका थिए । कार्यक्रममा  बर्दिया राष्ट्रिय निकुञ्जका निमितm प्रमुख संरक्षण अधिकृत अशोककुमार भण्डारी,  पुर्व प्रमुख संरक्षण अधिकृत एंव उज्यालो नेपालका अध्यक्ष रमेशकुमार थापा, शिवदल गणका गणपति चन्द्रकान्त चापागाँइ, चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष एंव ९नं. वडा कार्यालयका सदस्य हेमन्त आचार्य, राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका प्रमुख श्याम थापा, लुम्बिनी पत्र दैनिकका प्रकाशक÷सम्पादक यम घिमिरे ,बर्दिया निकुञ्जका गेम स्काउट नरेश चन्द लगायतको उपस्थिती रहेको थियो ।पूर्व सोभियत संघका विभिन्न देशहरू ( सी आई ए ) बाट विभिन्न विधाहरुमा उच्च शिक्षा हासिल गरी नेपाल फर्किएका प्रबुद्ध बर्गलाई एक आपसमा समेटी एउटा स्वस्थ शैक्षिक वातावरण  सृजना गरी एक आपसमा निहीत ज्ञान सीप र उर्जा लाई बाँडी  नेपालकै सर्वांगीण  विकासमा महत्वपूर्ण योगदान दिन उदेश्ययले सन् १९६७ मा मित्रकुञ्ज को स्थापना भएको थियो । मित्रकुञ्जले सदैव नेपाल तथा अरु विभिन्न देशहरुका बौद्धिक समाजलाई आफूमा समेट्न र उनीहरुसंग अन्तरक्रिया गरी एउटा पारस्परिक सद्भाव, सहयोग र मित्रताको वातावरण सृजना गर्न अग्रसर रही विज्ञान, प्रविधी, र अन्य विविध क्षेत्रहरुमा देश तथा समाजको लागि संयुक्त रुपमा एउटा महत्वपूर्ण भूमिका खेल्न सक्ने मित्रकुञ्ज बाँके शाखाका अध्यक्ष डा. रमेश श्रेष्ठले बताए । 


Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न