रक्तदान दिएर जीवन बचाउन सहयोग


लुम्बिनी पत्र

गुलरिया । आपतविपद् सहयोग गर्दै आएका नेपाली सेनाका एक अधिकृतले बिरामी भइ अप्ठयारोमा परेकी एक महिलालाई रक्तदान दिएर जीवन बचाउन सहयोग गरेका छ्न् ।
काठमाडौं घर भई नेपाली सेना भैरव प्रसाद गण गुलरिया ४ तुलापुर क्याम्प सुरक्षा गुल्मका गुल्म पति ३७ वर्षीय  सेनानी उपेन्द्र पुडासैनीले सो सहयोग गरेका हुन । 
पुडासैनीले  बार बर्दिया घर भई भेरी अस्पताल नेपालगंजमा ए प्लासस्टिक एनिमियाको उपचार गराइरहेकी २२ वर्षीया राजमति थारुलाई रक्तदान गरे सहयोग गरेका हुन् । चैत्र ६ गते मध्यान्ह गुलरियास्थित रक्त सञ्चार केन्द्र पुगि उनले १ पिण्ट ओ पोजिटिभ व्लड रक्तदान गरेका हुन् ।  बर्दिया र बाँकेमा रगत अभाव भएपछि बर्दिया अस्पताल गुलरियाले नेपाली सेना भैरव प्रसाद गण गुलरिया ४ तुलापुर क्याम्प सुरक्षा गुल्ममा वुधवार विहान फोन गरेको र रगत आवश्यक भएको थाहा पाएपछि आफु स्वयम रक्तदान गर्न लारि रक्त सञ्चार  केन्द्र पुगेको सेनानी पुडासैनीले बताए ।  रगत आवश्यक परेका बेला रक्तदान गरेर पुडासैनीले पुण्य र भलाइको काम गरेको रक्त सञ्चार सहायक प्रतिक्षा दहितले बताइन् ।
कसैलाइ रगत आवश्यक छ भन्ने सुन्ने बितीकै उनी आफै रक्त सञ्चार पुगि रतmदान गर्ने गरेका छन्। गुल्मपति सेनानी पुडासैनीले हालसम्म ४ पटक रतmदान गरि रगत अभावको समस्यामा परेकालाइ सहयोग गरेका छन् ।


Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न