११ नं. वडा कार्यालयद्वारा विपन्न मृतकको परिवारलाइ खाधान्न सामाग्री सहयोग प्रदान


लुम्बिनी पत्र
महम्मदपुर , १ चैत्र । घरको  अवस्था दयनीय भएका कारण कामका लागि भारतको नयाँ दिल्ली स्थित तरकारी बजारमा गएका बेला अस्वस्थ्थ भइ मृत्यु भएका ३५ बर्षीय मनोज लोनियाको परिवारलाई ११ नं.वडा कार्यालय महम्मदपुर गुलरिया नगरपालिकाले खाधान्न सामाग्री सहयोग गरेको छ । 
गुलरिया नगरपालिका वडा नंं. ११डल्लापुर घर भएका लोनियाको परिवारलाई वडा अध्यक्ष रामनारायणप्रसाद केसरीले सहयोग स्वरूप ७ हजार मुल्य बराबरको समान  हस्तान्तरण गरेका हुन ।
भारतको दिल्ली उक्लामण्डीमा तरकारी बेच्ने व्यापार गर्न गएका बेला रुघा खोकी ज्वराबाट सिकिस्त भएका  उपचारको क्रममा सबदरगंज अस्पतालमा उपचारका क्रममा लोनियाको निधन भएको थियो। साथीले फोन गरेपछि लोनियालाइ आफन्तहरुले दिल्लीबाट नेपाल ल्याएका थिए । 
११ नंं. वडा कार्यालयका वडा अध्यक्ष  केसरी भावबिहल हुदै मनोजकी श्रीमति बिनु लोनिया र छोरीहरु कमला,पुजा, सुष्मिता र एलिसालाइ चामल, मासको दाल, कपडा, चप्पल लगायतका घरायसी समान हस्तान्तरण गर्नुभएको हो । 
कार्यक्रममा उपस्थित भएकी श्रृङखला महिला विकास सहकारी संस्थाकी  अध्यक्ष गीता जीएम पनि स्वर्गीय मनोजको परिवारलाइ तीनहजार सहयोग प्रदान गरकी छिन् । 
यस्तै माँ अनुसिया दुग्ध सहकारी संस्थाकाले पनि गरिब तथा विपन्न स्वर्गीय मनोजको परिवारलाइ २हजार सहयोग प्रदान गरेको छ । 
वडा अध्यक्ष केसरीले गौरी शंकर आधारभूत विद्यालयमा कक्षा ६मा अध्ययनरत कमला र  पुजा ६ , ४कक्षामा अध्ययनरत सुस्मीता र एलिसाको शिक्षाको लागि वडा कार्यालयले मावि तहको शिक्षासम्म सहयोग गर्ने प्रतिबद्धता जनाए । 
हस्तान्त।ण गरिएका समानमा  १ क्वीन्टल चामल, मासको दाल, बेसार, चिनी, खुर्सानी , धनिया, खाने तेल,  आलु , कपडा रहेका छन् ।
वडा अध्यक्ष गिरीले आफु पनि गरिब भएको र वडावासीकै अभिभावकको नाताले आफुले सहयोग गरेको बताए । 
सामाजिक, शैक्षिक, सडक तथा यातायात सुधारमा काम गर्दै आएको  ११नं. वडा कार्यालयले सबै धर्मको  संस्कृति संरक्षण, गरिब परिवारको दाहसंस्कार एंव काजकृयामा सहयोग पुरयाउन वडा कार्यालयले विपद तथा भैपरी कोष खडा गर्ने वडा अध्यक्ष केसरीको भनाइ छ । 
सहयोग हस्तान्तरण कार्यक्रममा लुम्बिनी पत्रका प्रकाशक सम्पादक यम घिमिरे, वडा सअदस्य कलावती धोबी, राम खटिक, रेडक्रस मोहम्मदपुर उपशाखाका सभापति शोराब खाँ, पुर्व वडा अधयक्ष अवध राम यादव लगायतको उपस्थिति रहेको थियो । स्वर्गीय मनोज लोनियाको गुलरिया ११ नं.मा १०धुर जग्गा बाहेक कुनै सम्पति छैन । 
(लुम्बिनी पत्र स्थानीय तह, संघसंस्था, सरकारी निकायका विकासमुलक समाचारहरुलाइ प्रकाशन प्रसारण गरि विकास कार्यमा संलग्न निकायहरुलाइ अझै बढि हौसला प्रदान गरि नेपाल विकासमा सहयोग पुरयाउदै आएको छ ।) 


Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न