लुम्बिनी पत्र
वीरेन्द्रनगर । त्यागी नेता भनेर चिनिने महासमिति सदस्य नेपाली कांग्रेस बर्दियाका पुर्व सचिव तेजबहादुर भाटलाइ सुर्खेतमा अध्ययन गरिरहेका विद्यार्थीहरुले स्वागत तथा सम्मान गरेका छन् ।
काम विशेषले सुर्खेत पुगेका कांग्रेस नेता भाटलाइ विद्यार्थीहरुले भेटघाट तथा स्वागत गरि समसामयिक विषयमा कुरा राखेका छन् ।
बर्दिया घर भइ सुर्खेत बसिरहेका विद्यार्थीहरु बिनोद चौधरी, प्रियंका एसवाइ,प्रिज्मा यदुवंशी, बिमला थारु, प्रनिशा चौधरी राजेन्द्र चौधरी लगायतले वीरेन्द्रनगरमा कांग्रेस नेता भाटलाइ स्वागत गरि भेटघाट गरेका हुन।
विद्यार्थीहरुको भेटघाट कार्यक्रमलाइ सम्बोधन गर्दे कांग्रेस नेता भाटले बर्दिया र कर्णाली प्रदेशको समृद्धिका लागि बर्दियालाइ कर्णाली प्रदेशमा गाभी गुलरिया र मधुवनमा भन्सार नाका खोली भुरिगाउँ –सुर्खेत– तेलपानी सडक छिटाछरितो निर्माण सम्पन्न गर्न संघ, प्रदेश र स्थानीय सरकारहरुले प्रमुख एजेण्डा बनाउनु पर्ने उनको भनाइ छ ।
बबइ बहुमुखी क्याम्पस मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सरकारी आंगीक क्याम्पस बनेकोमा खुशी ब्यतm गर्दे नेता भाटले उच्च शिक्षालाइ सर्वसुललभ, कम खर्चिलो बनाउन मध्यपश्चिम विश्वविद्यालय र बबइ बहुमुखी क्याम्पसले खेलेको भुमिका प्रंशसनीय रहेको बताए । बर्दिया र सुर्खेत बीच रहेको शैक्षिक,प्रशासनिक, सामाजिक, सांस्कृतिक एंव रोटी बेटीको सम्बन्धलाइ कसैले विर्सन नहुने कांग्रेस नेता भाटको भनाइ रहेको विद्यार्थी नेता बिनोद चौधरीले बताए।
नेपाली कांग्रेसबाट प्रथम जननिर्वाचित प्रधानमन्त्री कांग्रेस संस्थापक वी.पी. कोइराला नेतृत्वको सरकारले २०१६सालमा त्रिभुवन विश्वविद्यालय खोलेर नेपालमा सर्वसधारणहरुलाइ उच्च शिक्षामा पहुच बढाएकोले शिक्षालाइ सर्वसुलभ, आधुनिक, व्यवहारिक र वैज्ञानिक बनाउन नेपाली कांग्रेस नेतृत्वको सरकारले मात्र प्रभावकारी भुमिका खेल्न सक्ने नेता भाटको भनाइ छ ।
नेपाली बिधान र बिधि अनुसार नेतृत्वहरुले आफुलाइ चलाए नेपाली कांग्रेसको संगठन अझ सुदृढ एंव दरिलो हुने बताए । महासमितिको भेलाले प्रस्ताव गरेका बिषयबस्तुमा गम्भीर भएर नेतृत्व लागेमा कांग्रेस बलियो हुने उनको भनाइ थियो।
बर्तमान सरकार असफल भैसकेको दाबी गर्दे नेता भाटले धेरै जन अपेक्षा सहित सरकारमा गएको कम्युनिष्ट सरकार जन अपेक्षा अनुसार काम गर्न पूर्ण रुपमा असफल भैसकेको बताए । नेपाली कांग्रेस अहिले पूर्ण रुपमा देशको समृद्धीका लागि तल्लिन भएको भन्दै उनले आगामी चुनावमा कांग्रेसलाइ पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने उनको भनाइ छ ।
कांग्रेसको नेतृत्व नया पुस्तामा हस्तान्तरण गरेर समृद्धीको लागि अगाडी बढ्नुपन नेता भाटको भनाइ छ ।
बिचरा निरीह तेज बहादुर भाट ! न उनिसंग शक्ति छ, न उनिसंग सत्ता छ ! न अहिलेको सरकारले उनको कुरा सुनिदिन्छ ! भोको हात्तीसंग पिपलको हाँगा मागेसरह हो यो । बरु बर्दिया र ६ नं. प्रदेशका सबै जिल्ला भरी आन्दोलनको आँधिबेहरी श्रृजना गर्यो भने सुनुवाई होला । नत्र खै ?
ReplyDelete