वडा सदस्य थापामगरको अस्पतालको बेड नपाएर एम्बुलेन्समै ज्यान गयो
लुम्बिनी पत्र
बुटवल । बुटवल उपमहानगरपालिका वडा न. ७ का वडा सदस्य ४४ बर्षीय नवीनको थापामगरको अस्पतालको बेड नपाएर एम्बुलेन्समै ज्यान गएको छ। कोरोना संक्रमित थापालाई बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, क्रीमसन अस्पताल, भिम अस्पतालहुँदै युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज भैरहवा पु¥याइएको थियो। तर मेडिकल कलेजमा पनि बेड खाली नहुँदा उनले एम्बुलेन्समै ज्यान गुमाउनुप¥यो।
यसअघि कोरोनाको पहिलो लहरमा बुटवल उपमहानगरपालिका –८ का वडा सचिव नारायण ज्ञवालीले पनि बेड अभावमै ज्यान गुमाउनु भएको थियो ।
चिकित्सकका अनुसार पहिलो चरणमा संक्रमण देखिए पनि सबैलाई अक्सिजन आवश्यक थिएन। तर दोस्रो लहरमा फैलिएको संक्रमणपछि अस्पताल पुग्ने सबै बिरामीलाई अक्सिजन लगाउनैपर्ने बाध्यता छ।
थापालाई पनि मेडिकल कलेजमा बेड खाली भए पनि अक्सिजन नहुँदा एम्बुलेन्सको अक्सिजनकै साहारामा मेडिकल कलेज बाहिर राखिएको थियो। जनप्रतिनिधिलेसमेत अक्सिजन अभावमा अस्पताल बाहिर ज्यान गुमाउँछन् भने सर्वसाधारणको अवस्था कस्तो होला कल्पना गर्न सकिन्न।
कोरोना संक्रमितको उपचार गराईरहेका रूपन्देहीका ५ वटा अस्पताल कुनैमा पनि एक जना थप बिरामी भर्ना गर्न सकिने अवस्था नभएको अस्पतालहरू बताउँछन्। दैनिक ६–७ सयको संख्यामा संक्रमित थपिने रूपन्देहीमा बिरामीले बेड पाउन सम्भव छैन।
एचडियु, आईसियु र भेन्टीलेटर गरि धागो कारखानामा ५२ बेडमा कोरोना संक्रमितको उपचार गरिरहेको लुम्बिनी प्रादेशिक अस्पतालले अस्पताल परिसरमा ७ बेडको फिभर क्लिनिक सञ्चालन गरेको छ। यसलेसमेत बिरामीको चाप धान्न नसकेपछि ईमर्जेन्सीमासमेत बिरामी भर्ना गर्न थालिएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताउनु भयो।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.राजेन्द्र खनाल अक्सिजन अभाव भएपछि लाचार भएर बिरामीको अवस्था टुलुटुलु हेर्नेबाहेक अरू केही गर्न नसकिएको बताउँनुहुन्छ ।
लुम्बिनी प्रादेशिक अस्पतालमा अहिले दैनिक ४ देखि ५ सयको हाराहारीमा अक्सिजन सिलिन्डर आवश्यक पर्छ। तर आवश्यक पर्ने भन्दा आधा मात्र अक्सिजन उपलब्ध भएको डाक्टर खनालले बताउनु भयो।
अक्सिजन मात्रै भए पनि बिरामीलाई भुईमै सुताएर उपचार गर्न हुन्थ्यो। तर आवश्यकता अनुसार अक्सिजन नभएपछि उपचार गर्न असमर्थ भएको उहाँको भनाई छ ।
डाक्टर खनालले अक्सिजनको व्यवस्थाका लागि स्थानीय प्रशासन, प्रदेश सरकार, स्थानीय सरकार सबैसँग हारगुहार गरिरहे पनि अहिलेसम्म व्यवस्था हुन नसकेको गुनासो गरे।
अस्पतालमा नयाँ भवन निर्माण भईरहेकोले अक्सिजन तथा अरू उपकरणको व्यवस्था हुनसके अस्पतालकै जनशक्तिले थप संक्रमितको उपचार गर्न सकिने उहाको दाबी छ।
दिनप्रतिदिन सिकिस्त अवस्थाका कोरोना संक्रमित थपिदै जान थालेपछि रूपन्देहीका अस्पतालले थेग्नै नसक्ने भएका छन्।
२५ बेडको एचडियू, ५ बेडको आईसियू र ४ वटा भेन्टिलेटर रहेको भिम अस्पतालले एचडियू र आईसियूका सबै बेड भरिएपछि चार दिन अघिदेखि नै इमर्जेन्सीको भुईमै फर्म बिच्छाएर उपचार शुरु गरेको छ।
यूसिएमएसले कोभिड विरामीको लागि अक्सिजन सहितका १ सय ४७ वडा बेड छुट्टयाए पनि अक्सिजन अभाव हुन थालेपछि विरामी भर्ना गर्न नसकिएको जनाएको छ।
अस्पताल प्रशासनका अनिल अर्यालले अस्पतालमा दैनिक ७ देखि ८ सय सम्म ठूलो सिलिण्डरको अक्सिजन चाहिने भए पनि चार सय पनि सिलिण्डर उपलब्ध नभएपछि विरामी राख्न नसकिएको बताउनु भयो । शुरूमा ६५ बेडबाट कोभिडका विरामीको उपचार शुरु गरिए पनि अहिले बेड बढाएर झण्डै १ सय ५० पु¥याएका छौं, अक्सिजन सहज रुपमा उपलब्ध हुन सके अझै ३० जना भन्दा बढि कोरोना संक्रमित भर्ना गर्न सकिन्छ, अर्यालले भन्नुभयो।
मणिग्रामस्थित क्रिमसन अस्पतालले पनि कोभिडको लागि छुट्याएका सबै बेड संक्रमित भरिएका छन्। अस्पतालले १० बेडको एचडियू, ५ बेडको सिसियू र एउटा भेन्टिलेटर कोभिडका विरामीको लागि छुट्याएको छ। ती सबै बेड विरामीले भरिएका छन्। त्यस्तै देवदह मेडिकल कलेजमा पनि चार जना संक्रमितको उपचार भईरहेको छ।
विरामीको चाप थेग्नै नसक्ने अवस्था आएपछि अस्पतालका पेटी र गल्लीमा समेत संक्रमितलाई राखेर उपचार गरिएको छ। हेर्दै कहालीलाग्दो अस्पतालका दृश्यले त्यहाँ जाने विरामी र आफन्तको मन क्षतविक्षत बनाउने गरेको छ।
संक्रमितको संख्या थपिएजस्तै मृत्यु दर पनि रुपन्देहीमा उच्च छ। बिहिबारसम्म रूपन्देहीमा २ सय ४३ जना संक्रमितको मृत्यु भईसकेको स्वास्थ्य कार्यालयको तथ्यांक छ। बिहिबार मृत्यु भएकाको संख्या थप गरिएको छैन। त्यस्तै सक्रिय संक्रमितको संख्या पनि साढे पाँच हजार नजिक पुगिसकेको छ।
हालैमात्र नवनियुक्त प्रदेश स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठले कोभिड अस्पतालको लागि भौतिक संरचनाको खोजी भईरहेकोले छिटोभन्दा छिटो निकास निस्किने बताउँनु हुन्छ ।
तर अस्पताल तथा चिकित्सक भने अहिले भैतिक संरचनाभन्दा पनि अक्सिजन र उपकरण उपलब्ध भए भुइँमै सुताएर भए पनि उपचार गर्न सकिने बताउँछन् ।

k279l7genjp729 vibrators,g-spot dildos,sex chair,dog dildo,penis pumps,sex toys,g-spot dildos,black dildos,horse dildo j348d4wfmgz437
ReplyDelete