बर्दियामा ९ वटा सवारी साधनलाई ४५ हजार जरिवाना


लुम्बिनी पत्र । हालै जारी भएको “कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८” अनुसार बर्दियामा ९ वटा सवारी साधनहरु कारवाहीमा परेका छन् । लक डाउनमा बिना अनुमति यात्रु ओसारपसार गरी सवारी चलाइरहेको अवस्थामा ९ वटा गाडी नियन्त्रणमा लिई आवश्यक कारवाही गरिएको हो ।  प्रती सवारी साधन रू. ५०००/-  गरी ९ वटा सवारी साधनलाई जम्मा ४५ हजार जरिवाना भएको  छ । जिल्ला प्रहरी कार्यालय बर्दिया मातहतका प्रहरी कार्यालयहरूले नियमित ड्युटी चेकजाँचको क्रममा निषेधाज्ञाको अवधिमा वाहिरी जिल्लाहरूबाट बर्दिया जिल्लामा बिना अनुमति यात्रु ओसारपसार गरी सवारी चलाइरहेको अवस्थामा ९ वटा गाडी नियन्त्रणमा लिईएको  थियो।  आवश्यक कारवाहीको लागि प्रमुख जिल्ला अधिकारी समक्ष पेश गरिएकोमा उक्त सवारी साधनका चालकहरुलाई प्रती सवारी साधन रू. ५०००/- जरिवाना भएको प्रहरी उपरीक्षक  कार्कीले बताउनु भयो।

Comments

Post a Comment

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न