Posts

Showing posts from January, 2019

कोलेनिका बर्दियाको नवनिर्मित भवन उद्घाटन

Image
लुम्बिनी पत्र गुलरिया । कोष तथा लेखा नियन्त्रण कार्यालय बर्दियाले ३७ बर्षपछि आफनै भवन पाएको छ । बर्दियाको गुलरिया नगरपालिका वडा नं.४ तुलापुर कर्भडहल टोलमा निर्मित कोष तथा लेखा नियन्त्रण कार्यालय बर्दियाको नव निर्मित कार्यालय भवनको कायम मुकायम महालेखा लेखा नियन्त्रक सुर्यप्रसाद गौतमले माघ १३ गते आइतवार समुद्घाटन गरेका छन् । कार्यालय, कार्यालय प्रमुख निवास, १ बैठक कक्ष गरि जम्मा १४ कोठा रहेको कोलेनिका बर्दियाको नवनिर्मित भवन ए.सी. सहितको अत्याधुनिक भवन हो ।  पेपरलेस अवधारणा अनुसार काम गरिरहेको कोष तथा लेखा नियन्त्रक कार्यालयले धेरैजसो काम इ पेमेण्ट मार्फत गर्दे आएकोमा नयाँभवनबाट अझ बढि छिटाछरितो र प्रभावकारी रुपमा सेवा दिने कोष नियन्त्रक प्रेमचन्द्र भुषालको भनाइ छ ।  इण्टरनेट स्लो भएका कारण केही असुविधा भएकाले अप्टीकल भाईबर बिझाउन नेपाल टेलिकमलाइ अनुरोध समेत गरेको भुषालको भनाइ छ । शिवराम भट्टराइ प्रमुख कोष नियन्त्रक हुँदा २०७२साल भदौ २१गते एम. क. खडका अमन जे.भी. चिसापानी ३ बाँके कन्ट्रक्शनसंग भवन निर्माणका लागि सम्झौता भएको थियो । २ करोड ९  लाख १५हजार ५५१ रुपैया चौ...

बर्दिया प्रहरी प्रमुख मैनाली सम्मानित

Image
लुम्बिनी पत्र बाँसगढी । बर्दिया जिल्लाको समग्र शान्ति सुव्यवस्था मजबुत गरी अपराध नियन्त्रणमा उल्लेखनीय भुमिका निर्वाह गरेको भन्दै बर्दियाका प्रहरी प्रमुख सुरेन्द्रप्रसाद मैनाली सम्मानित भएका छन् । बर्दियामा प्रहरी प्रमुख भएर आएको पाँच महिनामा लागू औषध र भारतबाट भन्सार छलेर अवैध रुपमा हुने समान आयातलाइ शुन्यमा झारेको भन्दै बाँसगढी उद्योग बाणिज्य संघले बर्दिया प्रहरी प्रमुख मैनालीलाइ सम्मान गरिएको हो ।  वाईवाई तेस्रो बाँसगढी महोत्सवको समापन समारोहमा माघ ९गते बुधबार बाँसगढी नगरप्रमुख शालिकराम अधिकारी र बाँसगढी उद्योगा बाणिज्य संघका अध्यक्ष रामसिंह थारुले कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन ।  लागू औषध नियन्त्रण, भन्सार छलि निकासी तथा अवैध हातहतियार नियन्त्रण, फरार प्रतिवादीहरू पक्राउ गर्न महत्वपुर्ण भुमिका खेलेकोले प्रहरी प्रमुख मैनालीलाइ सम्मान गरिएको बाँसगढी उद्योग बाणिज्य संघका अध्यक्ष रामसिंह थारुले बताए ।

लुम्बिनी पत्र राष्ट्रिय दैनिकमा प्रकाशित मुख्य समाचार

Image

बर्दिया प्रहरीको राजापुर क्षेत्रमा विशेष निगरानी, १०ग्राम ब्राउन सुगरसहित युवक पक्राउ

Image
लुम्बिनी पत्र राजापुर, माघ ४ । बर्दिया प्रहरीले  करिब २०० जनालाई प्रभावित पार्न सक्ने अन्दाजी ७०हजार मुल्य पर्ने १०ग्राम लागु औषध ब्राउनसुगरको सहित एक युवकलाइ पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको बिशेष टोली र ई.प्र.का. राजापुर बर्दियाबाट खटिएको टोली द्वारा राजापुर नगरपालिका वडा नं.४ नजिक शक्तिपुल खोलाको बगर साईडबाट ब्राउनसुगर बिक्रि बितरण गर्ने भारत लखिमपुर जिल्ला खिरी ईन्द्रनगर बस्ने बर्ष २७ को हरजित सिंहलाइ पक्राउ गरेको परेका छन् ।  बिक्री वितरणको लागी बसी रहेको अवस्थामा भारत लखिमपुर जिल्ला खिरी ईन्द्रनगर बस्ने बर्ष २७ को हरजित सिंहलाई चेकजाँच गर्दा निजको साथबाट १० ग्राम ब्राउनसुगर  (खैरो हेरोईन) फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीले बताए । पक्राउ परेका सिंहलाइ गरी अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय राजापुरमा राखिएको छ ।  राजापुर एरियामा लागु औषधको दुव्र्यसनि बढेपछि स्थानीय समुदायले पनि चासो दिइ राजापुर एरियामा बिशेष निगरानी गर्न बढाउन आग्रह गरे बमोजिम गोप्य...

तेस्रो बाँसगढी महोत्सवमा गायक नरेश जोगीको प्रस्तुतिले अध्यक्ष रामसिंह थारु लगायतहरु नाचे

Image
लुम्बिनी पत्र बाँसगढी, माघ २ । बाँसगढी उद्योग वाणिज्य सँघको आयोजना र सिजि फुड्स इन्टरप्राईजेज बर्दियाको मुख्य प्रायोजनामा पौष २७ गते देखि महोत्सव सुरु भएको तेस्रो बाँसगढी मेला तथा बर्दिया माघ महोत्सवको माघ १ र २ गते हजारौ दर्शकहरुले महोत्सवको अवलोकन गरेको बाँसगढी उद्योग बाणिज्य संघका अध्यक्ष रामसिंह थारुले बताए । थारु,मगर लगायतका समुदायको माघी तथा माघे सक्रान्ति पर्वको मुख्य दिन १ र २ गते मेलाको छैठौ दिन माघिको रौनक सँगै मेला अबलोकन गर्ने दर्शकहरु मेला स्थल नअटाउने गरी उर्लिए । मेला अवलोकनकर्ताहरुले मेला स्थल भरियो भने बाँसगढी बजारमा समेत भिड लाग्यो।  महोत्सवको छैटौ दिन माघ २ गते बुधबार गायक अर्जुन कौशलको बठनिया हो, नथिया वाली, थारु गायक नरेश जोगी र सोनु सुष्मीको प्रस्तुतिले निकै रौनक थप्यो ।  माघ १गते माघीको मुख्य दिन मेला अवलोकनकर्ताको आगमनले हर्षित भएको आयोजक माघ २गतेका दिन पनि अवलोकनकर्ताहरुको घुईचो देख्दा झनै हर्षित बनेको छ ।  छैटो दिन थारु गायक नरेश जोगीको प्रस्तुतिले ईलाका प्रशासन कार्यालय बाँसगढीका प्रमुख डिल्लीराम आचार्य, बाँसगढी उद्योग वाणिज्य सँघक...

२० हजार बढी दर्शकहरले मंगलवार बाँसगढी मेलाको अवलोकन गरे

Image
लुम्बिनी पत्र बाँसगढी, माघ २ । बाँसगढी उद्योग वाणिज्य सँघको आयोजना र सिजि फुड्स इन्टरप्राईजेज बर्दियाको मुख्य प्रायोजनामा पौष २७ गते देखि महोत्सव सुरु भएको तेस्रो बाँसगढी मेला तथा बर्दिया माघ महोत्सवको माघ १ गते २० हजार बढी दर्शकहरुले अवलोकन गरेको बाँसगढी उद्योग बाणिज्य संघका अध्यक्ष रामसिंह थारुले बताए । थारु समुदायको बिशेष पर्ब तथा नयाँ बर्ष माघि र अन्य समुदायका माघे संक्रान्ति माघ १ गते मेलाको पाँचौ दिन माघिको रौनक सँगै मेला अबलोकन गर्ने दर्शकहरु मेला स्थल नअटाउने गरी उर्लिए ।  मेला अवलोकनकर्ताहरुले मेला स्थल भरियो भने बाँसगढी बजारमा समेत भिड लाग्यो । महोत्सवमा १ गते २० हजार टिकट कटेको टिकट बुकिङ्ग उपसमिति संयोजक सुरेन्द्र कुवरले बताए ।  महोत्सवमा गायक रमेश राज भट्टराई, फिल्म निर्देशक तथा नायक यस कुमार, थारु गायक श्रीनिवास चौधरी, गायिका अनु चौधरीको प्रस्तुतिले दर्शकहरुलाई सम्हालन हम्ये हम्ये भयो । थारुहरुको बिशेष नयाँ बर्ष र बिशेष चार्डको रुपमा मनाईने माघिको रौकन थप्न आएका थारु गायक श्रीनिवास चौधरी र गायिका अनु चौधरीको प्रस्तुति र थारु संस्कृति झल्कने थारु गित...

प्रदेश सरकार योजनाबद्ध विकासको बाटोमा अघि बढेको छ : मुख्यमन्त्री पोखरेल

Image
  लुम्बिनी पत्र  गुलरिया, माघ १ । मुख्यमन्त्री शंकर पोखरेलले साँस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघी पर्वले बन्धुत्व, एकता, सद्भाव र सहिष्णुता कायम गर्न सघाउ पु¥याउँदै आएको  विश्वास लिएको वताएका छन् । माघे सक्रान्ति पर्व र माघी पर्व २०७५को उपलक्ष्यमा शुभकामना सन्देश प्रकाशित गर्दे मुख्यमन्त्री पोखरेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जाति र समुदायको उत्थान र विकासको लागि ढोका खोलेको र अल्पसंख्यक, आदिवासी, जनजाति र पछाडी पारिएका जाति तथा समुदायको उत्थानका लागि संवैधानिक रुपमै आयोग गठन गर्ने व्यवस्था गरेर सबैप्रति सम्मानव्यक्त गरेको बताए ।  ५ नं प्रदेश सरकारले लोकतन्त्रलाई नागरिकको जीवनपद्दती बनाउन खोजिएको बताउदै उनले  अहिले मुलुक संविधान कार्यान्वयन गर्दै समृद्ध नेपाल, सुखी नेपाली बनाउने दिशामा अघि बढेको र  विकास र समृद्धिको बाटोबाट न्यायपूर्ण र समतामुलक समाज निर्माणका लागि आफु अग्रसर रहेको बताएका छन् । समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासको बाटोमा अघि बढेको र  त्यसका लागि  समृद्ध ...

बाँसगढीमा आज मेलाको बिशेष माहोल हुने, रमेश राज भट्टराई, यसकुमार, श्रीनिवास चौधरी, अनु चौधरीको विशेष प्रस्तुति रहने

Image
लुम्बिनी पत्र बाँसगढी, माघ १ । तेस्रो बर्दिया माघ महोत्सवमा बाँसगढीमा दर्शकहरु भिड उर्लिनेक्रम जारि छ । महोत्सवमा माघ १गते मंगलबार झनै बिशेष प्रस्तुती रहने पत्रकार रावन बिश्वकर्माले जानकारी दिएका छन।  तेस्रो बाँसगढी मेला तथा बर्दिया माघ महोत्सवको माहोल बिशेष बनेको छ । दर्शकहरुको आगमनले मेला स्थल खचाखत भरियो भने नायक, मोडल र गायकको प्रस्तुतिले हंगामा मच्यायो ।  मेलाको माहोलले दर्शकहरुलाई मात्रै नचाए बाँसगढी उद्योग वाणिज्य सँगका संस्थापक अध्यक्ष पुष्प बराल र र्वतमान अध्यक्ष रामसिंह थारु, महासचिव युगपति पौडेल लगायत संस्थाका पदाधिकारीहरुलाई पनि नाच्न बाध्य तुल्यायो ।  मेलाको चौथो दिन कलाकारको रौनकता पुर्ण प्रस्तुतिले दर्शकहरुलाई थाम्न सुरक्षामा खटिएका सुरक्षाकर्मी र संयमसेवकहरुलाई हम्मे हम्मे पर्यो । मेलाको बिशेष रौनकता सँगै दर्शकहरुको बाक्लो उपस्थितिले व्यापार व्यवसाय पनि बढेको छ ।  पौष ३० गते सोमबार नेपाली र भोजपुरी फिल्म क्षेत्रका सुपरस्टार नायक बिराज भट्ट, सुपर स्टार मोडल शंकर बि.सि, अञ्जली अधिकारी र थारु गायक राज कुष्मी र गायिका अञ्जु कुष्मीको बेजोड ...

अपराधीलाई कारवाही गर्न सञ्चारकर्मीले दबाब दिनुपर्छ : देउवा

Image
लुम्बिनी पत्र धनगढी, पुस ३० गते । पूर्व प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले देशमा हत्या बलात्कार जस्ता आपराधिक घटना बढ्दै गएको भन्दै यस्ता घटनाका अपराधीमाथि कारवाहीका लागि दबाब दिन सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ । नेपाल प्रेस युनियनले आज यहाँ गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री देउवाले भन्नुभयो, “कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याका दोषीलाई सरकारले लुकाउने काम गरेको छ, दोषीलाई कारवाही गर्न मिडियाले दबाब दिनुपर्छ ।” नेता देउवाले आफ्नो नेतृत्वको सरकारले वाइड बडी जहाज खरीद गर्ने निर्णय नगरेको स्पष्ट पार्नुभयो । देउवाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामानै उपसमिति गठन गरेर वाइड बडी जहाज खरीद प्रक्रिया शुरु गरिएकोमा पुष्पकमल दहाल नेतृत्वको सरकारले जहाज खरीदका लागि जमानत बसेर बोलपत्र आह्वान गरेको जिकिर गर्नुभयो। ‘आफ्नो नाम जोडेर भ्रम फैलाइएकामा दुःख व्यक्त गर्दै देउवाले भन्नुभयो, “विमान खरीदमा अनियमित गर्ने दोषीमाथि कारवाही गर्नुपर्छ ।”  चिकित्सा शिक्षालाई स्तरीय र युग सुहाउँदो बनाउन प्रा डा गोविन्द केसीसँग व...

बर्दिया प्रहरीलाइ अर्को सफलता, हतियार कारोवारी पक्राउ

Image
लुम्बिनी पत्र बर्दिया, पुष २९ । लामो समयको अध्ययन र अनुसन्धान पछि बर्दिया प्रहरीले हातहतियार कारोवारीलाइ पक्राउ गरेको छ । प्रहरीले बर्दिया भारतस्थित जिल्ला बहराईच थाना मुर्तिहा तहसिल नानपारा ग्राम चित्लहवा बस्ने बर्ष२० का सलमान खाँनलाइ पक्राउ गरि सार्वजनिक गरेको हो  ।  हातहतियार कारोबार गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको विशेष प्रहरी टोलीले पुष २९गते बिहान ११.०० बजेको समयमा बर्दियाको गुलरिया नगरपालिका वडा नं.१० कालाबन्जार गडरिया चोकबाट खाँनलाइ पक्राउ गरेको हो । युपी ३१ ए आर ६८२६नम्बरको भारतीय नंम्बर प्लेटको मोटर साईकलमा आईरहेको अवस्थामा निजलाई रोकी चेकजाँच गर्दा निजको साथबाट कटुवा पेस्तोल १थान सो मा  लाग्ने गोली १ राउण्ड,  नेपाली र भारतीय गरी २९७९६ नगद रकम,  लागु औषध जस्तो देखिने खैरो धुलो पदार्थ ३ ग्राम समेत फेला पारिएको प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताए । पक्राउ परेका खानलाइ आबश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा  राखिएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक मैनालीले बताए ।...