२० हजार बढी दर्शकहरले मंगलवार बाँसगढी मेलाको अवलोकन गरे


लुम्बिनी पत्र
बाँसगढी, माघ २ । बाँसगढी उद्योग वाणिज्य सँघको आयोजना र सिजि फुड्स इन्टरप्राईजेज बर्दियाको मुख्य प्रायोजनामा पौष २७ गते देखि महोत्सव सुरु भएको तेस्रो बाँसगढी मेला तथा बर्दिया माघ महोत्सवको माघ १ गते २० हजार बढी दर्शकहरुले अवलोकन गरेको बाँसगढी उद्योग बाणिज्य संघका अध्यक्ष रामसिंह थारुले बताए ।
थारु समुदायको बिशेष पर्ब तथा नयाँ बर्ष माघि र अन्य समुदायका माघे संक्रान्ति माघ १ गते मेलाको पाँचौ दिन माघिको रौनक सँगै मेला अबलोकन गर्ने दर्शकहरु मेला स्थल नअटाउने गरी उर्लिए । 
मेला अवलोकनकर्ताहरुले मेला स्थल भरियो भने बाँसगढी बजारमा समेत भिड लाग्यो । महोत्सवमा १ गते २० हजार टिकट कटेको टिकट बुकिङ्ग उपसमिति संयोजक सुरेन्द्र कुवरले बताए । 
महोत्सवमा गायक रमेश राज भट्टराई, फिल्म निर्देशक तथा नायक यस कुमार, थारु गायक श्रीनिवास चौधरी, गायिका अनु चौधरीको प्रस्तुतिले दर्शकहरुलाई सम्हालन हम्ये हम्ये भयो । थारुहरुको बिशेष नयाँ बर्ष र बिशेष चार्डको रुपमा मनाईने माघिको रौकन थप्न आएका थारु गायक श्रीनिवास चौधरी र गायिका अनु चौधरीको प्रस्तुति र थारु संस्कृति झल्कने थारु गित प्रतियोगितामा सहभागि समुहकको प्रस्तुतिले पनि माघिको रौनकता थप्यो । 
नायक यस कुमार र गायक रमेश राज भट्टराईको प्रतिक्षामा बसेका दर्शकहरु कलाकारहरु मञ्चमा आउदा निकै उत्साहित बने । दर्शकहरुको कोलाहल हुटिङ्ग सँगैको माहोल थाम्न हम्ये हम्ये पर्यो । फिल्म निर्देशक नायक तथा गायक यस कुमारले तिमिलाई कुनै पल, नआउ मेरो सामु जस्ता गितहरु गाएरलाई दर्शकहरुलाई झुमाए भने गायक रमेश राज भट्टाराईले गाउदा त झनै महोल तातियो । भट्टराईले मोहनी रुपै छ, सिन्दुर लिएर, बेहुला बनाउछु, मेरी नथियावाली जस्ता गित गाईरहदा दर्शकहरुको हुटिङ्ग गईनई रह्यो । त्यस्तै स्थानिय कलाकार राम बहादुर बिसी लगायतको प्रस्तुतिले पनि दर्शकहरुलाई मनोरञ्जन दियो । 
महोत्सवको छैटौ दिन माघ २ गते बुधबार आधुतिक तथा लोक पप गायक अर्जुन कौशल, गायक एमटि महर, गायक नरेश जोगि र गायिका सोनु कुष्मी, मोडल दिपासा बि.सी लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने पत्रकार रावन विश्वकर्माले जानकारी दिए । 


Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न