कोलेनिका बर्दियाको नवनिर्मित भवन उद्घाटन




लुम्बिनी पत्र
गुलरिया । कोष तथा लेखा नियन्त्रण कार्यालय बर्दियाले ३७ बर्षपछि आफनै भवन पाएको छ । बर्दियाको गुलरिया नगरपालिका वडा नं.४ तुलापुर कर्भडहल टोलमा निर्मित कोष तथा लेखा नियन्त्रण कार्यालय बर्दियाको नव निर्मित कार्यालय भवनको कायम मुकायम महालेखा लेखा नियन्त्रक सुर्यप्रसाद गौतमले माघ १३ गते आइतवार समुद्घाटन गरेका छन् ।
कार्यालय, कार्यालय प्रमुख निवास, १ बैठक कक्ष गरि जम्मा १४ कोठा रहेको कोलेनिका बर्दियाको नवनिर्मित भवन ए.सी. सहितको अत्याधुनिक भवन हो । 
पेपरलेस अवधारणा अनुसार काम गरिरहेको कोष तथा लेखा नियन्त्रक कार्यालयले धेरैजसो काम इ पेमेण्ट मार्फत गर्दे आएकोमा नयाँभवनबाट अझ बढि छिटाछरितो र प्रभावकारी रुपमा सेवा दिने कोष नियन्त्रक प्रेमचन्द्र भुषालको भनाइ छ ।  इण्टरनेट स्लो भएका कारण केही असुविधा भएकाले अप्टीकल भाईबर बिझाउन नेपाल टेलिकमलाइ अनुरोध समेत गरेको भुषालको भनाइ छ । शिवराम भट्टराइ प्रमुख कोष नियन्त्रक हुँदा २०७२साल भदौ २१गते एम. क. खडका अमन जे.भी. चिसापानी ३ बाँके कन्ट्रक्शनसंग भवन निर्माणका लागि सम्झौता भएको थियो । २ करोड ९  लाख १५हजार ५५१ रुपैया चौवन्न पैसा भ्याटसहितको लागतमा सो भवन निमार्ण भएको हो। 

बबई सिचाइ आयोजनाका लेखा उपसचिव दामोदर खत्रीले सञ्चालन गरेको कार्यक्रममा उममहालेखा नियन्त्रक दिनेश रेग्मी, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ग, राजापुर सिचाइ आयोजनाका प्रमुख रमेशबन्धु अर्याल, जिल्ला न्यायधिीवतmा देवराज भारती, प्रहरी उपरीक्षक सुरेन्द्र मैनाली, अनुसन्धान ओपेन्द्र रावत, बबइ भादा औरही नियन्त्रण आयोजनाका प्रमुख जितबहादुर थापा, जिल्ला भुमिसुधार कार्यालयका कार्यालय प्रमुख कृष्णप्रसाद ज्ञवाली
बाँसगढी नगरपालिकाका कार्यकारी अधिकृत अम्मराज खत्री, बढैयाताल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी, जेलर बिजयबहादुर मल्ल, घरेलु तथा साना उद्योग कार्यालयका सञ्जय महतो, कोष नियन्त्रक यमुना श्रेष्ठ, लेखा अधिकृतहरु बिनोद भण्डारी, बिनोदराज खनाल, बसन्तबहादुर शाही, पत्रकार यम घिमिरे , नागरिक अगुवा बालकृष्ण वली लगायतको उपस्थिति रहेको थियो।


Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न