बाँसगढीमा आज मेलाको बिशेष माहोल हुने, रमेश राज भट्टराई, यसकुमार, श्रीनिवास चौधरी, अनु चौधरीको विशेष प्रस्तुति रहने


लुम्बिनी पत्र
बाँसगढी, माघ १ । तेस्रो बर्दिया माघ महोत्सवमा बाँसगढीमा दर्शकहरु भिड उर्लिनेक्रम जारि छ । महोत्सवमा माघ १गते मंगलबार झनै बिशेष प्रस्तुती रहने पत्रकार रावन बिश्वकर्माले जानकारी दिएका छन। 
तेस्रो बाँसगढी मेला तथा बर्दिया माघ महोत्सवको माहोल बिशेष बनेको छ । दर्शकहरुको आगमनले मेला स्थल खचाखत भरियो भने नायक, मोडल र गायकको प्रस्तुतिले हंगामा मच्यायो । 
मेलाको माहोलले दर्शकहरुलाई मात्रै नचाए बाँसगढी उद्योग वाणिज्य सँगका संस्थापक अध्यक्ष पुष्प बराल र र्वतमान अध्यक्ष रामसिंह थारु, महासचिव युगपति पौडेल लगायत संस्थाका पदाधिकारीहरुलाई पनि नाच्न बाध्य तुल्यायो ।
 मेलाको चौथो दिन कलाकारको रौनकता पुर्ण प्रस्तुतिले दर्शकहरुलाई थाम्न सुरक्षामा खटिएका सुरक्षाकर्मी र संयमसेवकहरुलाई हम्मे हम्मे पर्यो । मेलाको बिशेष रौनकता सँगै दर्शकहरुको बाक्लो उपस्थितिले व्यापार व्यवसाय पनि बढेको छ । 
पौष ३० गते सोमबार नेपाली र भोजपुरी फिल्म क्षेत्रका सुपरस्टार नायक बिराज भट्ट, सुपर स्टार मोडल शंकर बि.सि, अञ्जली अधिकारी र थारु गायक राज कुष्मी र गायिका अञ्जु कुष्मीको बेजोड प्रस्तुतिले दर्शकहरुलाई थाम्न नसक्नु बनायो । 
थारु गायक राज कुष्मी र अञ्जु कुष्मीको झुम्रा गितले संस्थापक अध्यक्ष बराल र निवर्तमान अध्यक्ष थारु र महासचिव पौडेललाई मञ्चमा नाच्न बाध्य तुल्यायो । थारु गायक राज र गायिका अञ्जु कुष्मीले फुल कुमारी, बाजाके गाना डिजे, जाली डार चोलिया लगायतका गितहरुले मनोरञ्जन दियो । त्यस्तै मोडल शंकर बि.सि र अञ्जली अधिकारीको नाच र सुपर स्टार नायक बिराज भट्टको डाईलगले दर्शकहरुलाई बिशेष उर्जा थप्यो । 
चौथो दिन मेलाको बिशेष माहोलले आयोजकलाई खुसी बनाएको छ भने माघ १ गते मंगलबार माघे सक्रांन्तिको दिन झनै मेलाको माहोल बिशेष हुने आयोजकले बताएको छ । 
आज माघ १ गते गायक रमेश राज भट्टराई, यसकुमार, थारु गायक श्रीनिवास चौधरी, गायिका अनु चौधरी र स्थानिय लोकदोहोरी गायक राम बहादुर बि.सिको बिशेष प्रस्तुति रहने आयोजकले जनाएको छ । 
महोत्सवमा चौथो दिन बर्दिया डान्स आईडलका २७ जनको प्रतिस्पर्धा सँगै १५ जनालाई अघिल्लो राउण्डको लागि छनोट गरिएको र पाँचौ दिन माघ १ गते टप १२ छनोट गरिने बर्दिया डान्स व्यवस्थापक बिष्णु थापा सरगमले बताए । सि.जि फुड्स ईन्टरप्राईजेज बर्दियाको मुख्य प्रायोजन र बाँसगढी उद्योग वाणिज्य सँघको आयोजनामा यहि पौष २७ गते देखि महोत्सव सञ्चालन भएको हो ।


Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न