बर्दिया प्रहरीलाइ अर्को सफलता, हतियार कारोवारी पक्राउ


लुम्बिनी पत्र
बर्दिया, पुष २९ । लामो समयको अध्ययन र अनुसन्धान पछि बर्दिया प्रहरीले हातहतियार कारोवारीलाइ पक्राउ गरेको छ ।
प्रहरीले बर्दिया भारतस्थित जिल्ला बहराईच थाना मुर्तिहा तहसिल नानपारा ग्राम चित्लहवा बस्ने बर्ष२० का सलमान खाँनलाइ पक्राउ गरि सार्वजनिक गरेको हो । हातहतियार कारोबार गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको विशेष प्रहरी टोलीले पुष २९गते बिहान ११.०० बजेको समयमा बर्दियाको गुलरिया नगरपालिका वडा नं.१० कालाबन्जार गडरिया चोकबाट खाँनलाइ पक्राउ गरेको हो ।
युपी ३१ ए आर ६८२६नम्बरको भारतीय नंम्बर प्लेटको मोटर साईकलमा आईरहेको अवस्थामा निजलाई रोकी चेकजाँच गर्दा निजको साथबाट कटुवा पेस्तोल १थान सो मा  लाग्ने गोली १ राउण्ड,  नेपाली र भारतीय गरी २९७९६ नगद रकम,  लागु औषध जस्तो देखिने खैरो धुलो पदार्थ ३ ग्राम समेत फेला पारिएको प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताए ।
पक्राउ परेका खानलाइ आबश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा  राखिएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक मैनालीले बताए । 


Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न