तेस्रो बाँसगढी महोत्सवमा गायक नरेश जोगीको प्रस्तुतिले अध्यक्ष रामसिंह थारु लगायतहरु नाचे


लुम्बिनी पत्र
बाँसगढी, माघ २ । बाँसगढी उद्योग वाणिज्य सँघको आयोजना र सिजि फुड्स इन्टरप्राईजेज बर्दियाको मुख्य प्रायोजनामा पौष २७ गते देखि महोत्सव सुरु भएको तेस्रो बाँसगढी मेला तथा बर्दिया माघ महोत्सवको माघ १ र २ गते हजारौ दर्शकहरुले महोत्सवको अवलोकन गरेको बाँसगढी उद्योग बाणिज्य संघका अध्यक्ष रामसिंह थारुले बताए ।
थारु,मगर लगायतका समुदायको माघी तथा माघे सक्रान्ति पर्वको मुख्य दिन १ र २ गते मेलाको छैठौ दिन माघिको रौनक सँगै मेला अबलोकन गर्ने दर्शकहरु मेला स्थल नअटाउने गरी उर्लिए । मेला अवलोकनकर्ताहरुले मेला स्थल भरियो भने बाँसगढी बजारमा समेत भिड लाग्यो। 
महोत्सवको छैटौ दिन माघ २ गते बुधबार गायक अर्जुन कौशलको बठनिया हो, नथिया वाली, थारु गायक नरेश जोगी र सोनु सुष्मीको प्रस्तुतिले निकै रौनक थप्यो ।  माघ १गते माघीको मुख्य दिन मेला अवलोकनकर्ताको आगमनले हर्षित भएको आयोजक माघ २गतेका दिन पनि अवलोकनकर्ताहरुको घुईचो देख्दा झनै हर्षित बनेको छ । 
छैटो दिन थारु गायक नरेश जोगीको प्रस्तुतिले ईलाका प्रशासन कार्यालय बाँसगढीका प्रमुख डिल्लीराम आचार्य, बाँसगढी उद्योग वाणिज्य सँघका अध्यक्ष रामसिंह थारु, वरिष्ठ उपाध्यक्ष बद्री बराल समेतलाई नाच्न बाध्य तुल्यो भने गायक अर्जुन कौशल र एमटी महरको प्रस्तुतिले धेरै दर्शकहरुलाई नाच्न बाध्य बनायो । 

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न