बर्दिया प्रहरीको राजापुर क्षेत्रमा विशेष निगरानी, १०ग्राम ब्राउन सुगरसहित युवक पक्राउ


लुम्बिनी पत्र
राजापुर, माघ ४ । बर्दिया प्रहरीले  करिब २०० जनालाई प्रभावित पार्न सक्ने अन्दाजी ७०हजार मुल्य पर्ने १०ग्राम लागु औषध ब्राउनसुगरको सहित एक युवकलाइ पक्राउ गरेको छ । 
जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको बिशेष टोली र ई.प्र.का. राजापुर बर्दियाबाट खटिएको टोली द्वारा राजापुर नगरपालिका वडा नं.४ नजिक शक्तिपुल खोलाको बगर साईडबाट
ब्राउनसुगर बिक्रि बितरण गर्ने भारत लखिमपुर जिल्ला खिरी ईन्द्रनगर बस्ने बर्ष २७ को हरजित सिंहलाइ पक्राउ गरेको परेका छन् । 
बिक्री वितरणको लागी बसी रहेको अवस्थामा भारत लखिमपुर जिल्ला खिरी ईन्द्रनगर बस्ने बर्ष २७ को हरजित सिंहलाई चेकजाँच गर्दा निजको साथबाट १० ग्राम ब्राउनसुगर  (खैरो हेरोईन) फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीले बताए । पक्राउ परेका सिंहलाइ गरी अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय राजापुरमा राखिएको छ । 
राजापुर एरियामा लागु औषधको दुव्र्यसनि बढेपछि स्थानीय समुदायले पनि चासो दिइ राजापुर एरियामा बिशेष निगरानी गर्न बढाउन आग्रह गरे बमोजिम गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट र ईलाका प्रहरी कार्यालय राजापुर बर्दियाबाट खटिएको प्रहरीले टोलीले अझैपनि सो क्षेत्रमा निगरानी जारि राखेको प्रहरी उपरीक्षक मैनालीले लुम्बिनी पत्रलाइ बताए । 

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न