बर्दिया प्रहरी प्रमुख मैनाली सम्मानित


लुम्बिनी पत्र
बाँसगढी । बर्दिया जिल्लाको समग्र शान्ति सुव्यवस्था मजबुत गरी अपराध नियन्त्रणमा उल्लेखनीय भुमिका निर्वाह गरेको भन्दै बर्दियाका प्रहरी प्रमुख सुरेन्द्रप्रसाद मैनाली सम्मानित भएका छन् ।
बर्दियामा प्रहरी प्रमुख भएर आएको पाँच महिनामा लागू औषध र भारतबाट भन्सार छलेर अवैध रुपमा हुने समान आयातलाइ शुन्यमा झारेको भन्दै बाँसगढी उद्योग बाणिज्य संघले बर्दिया प्रहरी प्रमुख मैनालीलाइ सम्मान गरिएको हो । 
वाईवाई तेस्रो बाँसगढी महोत्सवको समापन समारोहमा माघ ९गते बुधबार बाँसगढी नगरप्रमुख शालिकराम अधिकारी र बाँसगढी उद्योगा बाणिज्य संघका अध्यक्ष रामसिंह थारुले कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन । 
लागू औषध नियन्त्रण, भन्सार छलि निकासी तथा अवैध हातहतियार नियन्त्रण, फरार प्रतिवादीहरू पक्राउ गर्न महत्वपुर्ण भुमिका खेलेकोले प्रहरी प्रमुख मैनालीलाइ सम्मान गरिएको बाँसगढी उद्योग बाणिज्य संघका अध्यक्ष रामसिंह थारुले बताए ।


Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न