Posts

Showing posts from February, 2020

प्रहरी अधिकारीलाई अदालतमा उपस्थित हुन आदेश

Image
लुम्बिनी पत्र । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई पक्राउ गरी गैरन्यायीक थुनामा राखेको उजुरी परेपछि सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ ।  न्यायाधिश इश्वर प्रसाद खतिवडा र डम्बरबहादुर शाहीको इजलासले यस्तो आदेश गरेको हो । नेकपाका कार्यकर्ता भीमप्रसाद अधिकारी, विष्णुप्रसाद अधिकारी र हरिचन्द्र खड्काले अदालतको अवहेलना भएको र आफूहरूलाई गैरन्यायीक थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । फागुन ५ गते बन्दीप्रत्यक्षीकरणको रिटमा आदेश गर्दै अदालतले रिहा गर्न आदेश गरेको थियो । तर, सोही दिन प्रहरीले उनीहरूलाई अदालतको गेटबाटै पक्राउ गरेको थियो । शुक्रबार भएको आदेशमा तत्काल उनीहरूलाई रिहा गर्न पनि भनिएको छ ।  महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे, महानगरीय प्रहरी परिसर टेकु, महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख र प्रहरी निरीक्षकलाई सात दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ । उनीहरूविरुद्ध अदालतको अपहेलनामा मुद्दासमेत चल्ने भएको छ ।

गेरुवा ४ का जिरा चलाउने र भागीराम थारुको मोही हकदावी को सूचना

Image

गेरुवा ४ का पार्वती चलाउने र भागीराम थारुको मोही हकदावी को सूचना

Image

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

Image
लुम्बिनी पत्र  । बर्दियाकोराजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।   शिविरमा  बर्दिया निवासी समाजसेवी एवम् भेरी अस्पताल नेपालगन्जका वरिष्ठ फिजिसियन डा. संकेत रिसाल को नेतृत्वमा रहेको चिकित्सक टोलीले स्वास्थ्य जांच गरेको छ ।  विगतमा राजापुरमा लामो समय शिक्षा प्रदान गरेको श्री गणेश बाबा बोर्डिङ स्कुलका पुर्व विद्यार्थीहरुले उक्त स्वास्थ्य शिविर गरेका हुन्। करिब डेढ दशकदेखि नेपालगन्जमा विभिन्न इभेन्ट गर्दै आएको एक्स जेनेरेसन, नितेश कन्स्ट्रक्सन राजापुर बर्दिया,तुलसी निर्माण सेवा बर्दिया,राजापुर राइस मिल राजापुरको आयोजनामा उक्त शिविर भएको एक्स जेनेरेसनका प्रेसिडेन्ट संयोगजंग शाहले बताए। राजापुर वासीहरुलाई स्वास्थ्य सम्बन्धि जानकारी दिने र भेरी अंचल अस्पतालका दक्ष चिकित्सकहरुद्वारा स्वास्थ्य जाँच गराउने उद्देश्य आयोजना गरिएको शिविर राजापुर उद्योग वाणिज्य संघ बर्दियाको प्राङ्गणमा भएको छ। शिविरमा फिजिसियन डा. संकेत रिसाल,  डा.पारस श्रेष्ठ , स्त्रीरोग बिशेषज्ञ डा. नवीन बुढाथोकी,  न्युरो सर्जन डा. हरी पौडेल को टिम छ। यो शिविरमा चेकजाच र ...

गेरुवा ४का भागीराम थारु र पार्वती चलाउने को मोही हक दावी गर्न आउने बारेको सूचना

Image

गेरुवा ४ का जिरा चलाउने र भागीराम थारुको मोही हकदावी को सूचना

Image

प्रजातन्त्र दिवसको उपलक्ष्यमा बर्दियामा वृक्षारोपण गरियो

Image
लुम्बिनी पत्र।  ७० औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा डिभिजन वन कार्यालयको सहयोगमा बर्दियामा वृक्षारोपण गरिएको छ।  ७० औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा डिभिजन वन कार्यालय लगायत जिल्ला स्थित कार्यालयमा वृक्षारोपण गरिएको हो। प्रजन्तन्त्र दिवसको उपलक्ष्यमा डिभिजन वन कार्यालय परिसर गुलरिया मा   डिभिजनल वन अधिकृत महेन्द्र राज वाग्ले, सहायक वन अधिकृत  वसन्त थापा लगायतका कर्मचारीहरुले बिरुवा रोपेका छन् ।  प्रजातन्त्र दिवसको अवसर पारेर डिभिजन वन कार्यालय बर्दियाले  बिरुवा किनेर  कार्यालयहरुलाई उपलब्ध गराएको डिभिजनल वन अधिकृत वाग्लेले बताए।  डिभिजन वन कार्यालयले कपूर १७, रबर प्लान्ट २, समी ११ , अर्जुन १०, अशोक २ गरी ४२ वटा बिरुवा जिल्लास्थित विभिन्न कार्यालयहरुलाई  वितरण गरेको र बिरुवा रोप्ने हुर्काउने जिम्मा सम्बन्धित कार्यालयको हुने डिभिजन वन अधिकृत वाग्लेले बताए।

बर्दिया प्रहरीले ठुलो मात्रामा अबैध घ्यू बरामद गर्यो

Image
लुम्बिनी पत्र।  बर्दिया प्रहरीले ठुलो मात्रामा अबैध घ्यू बरामद गरेको छ। फागुन ३  गते राति ९.३० बजेको समयमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको बिषेश प्रहरी टोलीले  बढैयाताल गाउँपालिका वडा नं.२ फुटाहाबाट रु.१ लाख ५० हजार मूल्य बराबरको २० टिन अर्थात ३०० के.जि. घ्यू फेला पारी  बरामद गरेको हो ।   सडक बाटोमा नेपालबाट भारत तर्फ भन्सार छली चोरी निकासी गरी लैजानको लागि बेवारिसे अवस्थामा थुपारी राखेको घ्यू फेला पारी रितपूर्वक बरामद गरीएको हो ।  बरामद गरिएको घ्यू कार्यालयमा ल्याई आबश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक योगेन्द्र कुमार खड्काले बताए।

जनता आवास कार्यक्रमको लाभग्राहीको छनौट भए

Image
लुम्बिनी पत्र । प्रदेश न ५ भौतिक पूर्वाधार विकास मन्त्रालय शहरी विकास तथा भवन कार्यालय बाँके  अन्तर्गत रहेको लाभग्राहीको छनौट समिति  बर्दियाले बर्दिया जिल्लामा जनता आवास कार्यकम २०७६/०७७ को लागि बर्दिया निर्वाचन क्षेत्र नं २ क मा ४३ जना लाभग्राहीको छनौट गरेको छ। माननीय कुल प्रसाद पोखरेलको संयोजकत्वमा मा भएको बैठकले  सेवाग्राही छनौट गरेको बर्दियाका प्रजीअ प्रेमलाल लामिछानेले बताए। बैठकमा शहरी विकास तथा भवन कार्यालय बाँकेका प्रमुख राम आश्रय शाहले जनता आवास कार्यकम को प्रगति बारे जानकारी गराए। 

राजापुर र गेरुवामा निःशुल्क रूपमा झोला वितरण गरियो

Image
लुम्बिनी पत्र। सफा सुनौलो नेपाल र  राजापुर गेरुवा समाज काठमाडौँले राजापुर नगर र गेरुवा गाउँपालिकाका विभिन्न विद्यालयमा शैक्षिक सामग्रीसहित निःशुल्क रूपमा झोला वितरण गरेको छ। विद्यालयको माग अनुसार राजापुर र गेरुवाका विद्यालयमा १ देखि ५ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई  निःशुल्क रूपमा झोला वितरण गर्न सुरु गरिएको हो ।  कपी, कलम, ज्यमितिसहितको झोला पाउँदा विद्यार्थी तथा अभिभावकहरू प्रसन्न भई  सफा सुनौलो नेपाल र  राजापुर गेरुवा समाज काठमाडौँलाई  हृदय देखि धन्यवाद दिँदै हार्दिक आभार प्रकट गरेका छन्। अमर शहीद माविमा आयोजित झोला वितरण कार्यकम मा राजापुर न पा ४का वडा अध्यक्ष रमन रेग्मी, ७ का वडा अध्यक्ष मथुरा थारु, कांग्रेस नेता जन्मजय तिमिल्सिना, दिप नारायण श्रेष्ठ लगायतको हातबाट झोला वितरण गरिएको शिक्षक राज कुमार उपाध्यायले बताए। 

राष्ट्रपति रनिङ्ग शिल्ड तथा प्रथम मेयर कपको उद्घाटन

Image
लुम्बिनी पत्र ।  गुलरियाका नगर प्रमुख मुक्तिनाथ यादवले गुलरिया  नगरपालिकामा आज माघ २८ देखि सुरु भएको दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड तथा प्रथम मेयर कपको उद्घाटन गरेका छन्।  प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख मुक्तिनाथ यादवले आजका बालबालिका भोलीका कर्णधार भएकाले उनीहरूको सर्वाङ्गीण विकासका लागि शिक्षाको साथसाथै खेलकुद्लाई पनि नगर पालिकाले प्राथमिकता दिएको बताए। स्थानीय सरकार खेलकुदका साथै शिक्षामा बढि लगानी गर्न  तयार रहेको बताउँदै शिक्षा क्षेत्र सुधार्न समुदाय , शिक्षक र अभिभावकको पनि महत्वपूर्ण भूमिका रहने बताए ।    आज माघ २८ गते देखि फाुगन ३ गते सम्म संचालन हुने खेलमा ३ हजार ८६ बालबालिकाले भाग लिने मुल आयोजक समितिका संयोजक निर्मल उपाध्यायले  बताए ।  खेललाई मर्यादित र अनुशासित बनाउनका लागि विभिन्न समितिहरु गठन गर्नुका साथै खेल विशेषज्ञहरुलाई खेलको जिम्मा दिईएको शिक्षा शाखा प्रमुख नील कण्ठ रेग्मीले बताए । गुलरिया नगरपालिकाका माध्यमिक विद्यालय, निम्न माध्यमिक विद्यालय र प्राथमिक विद्यालय समावेश गर्दै  नगरका सामुदायिक र संस्थागत व...

जिल्ला सदस्य परियारद्वारा विप्लव परित्याग गरेको घोषणा

Image
लुम्बिनी पत्र।  बम विस्फोटन र चन्दा आतङ्कको आरोपमा बर्दिया जिल्ला कारागारमा पुर्पक्ष का लागि थुनामा रहेका बाँसगढी न पा ५ बस्ने ने क पा विप्लवका जिल्ला सदस्य विष्णु परियार शक्तिले विप्लव परित्याग गरेको घोषणा गरेका छन् ।  जिल्ला प्रशासन कार्यालय बर्दियामा  माघ २८ गते विभिन्न दलका प्रतिनिधि, प्रहरी, प्रशासन संग उनले गरी नेपाल कम्युनिस्ट पार्टी  विप्लव परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी  प्रवेश गराइदिन पहल गर्न नेपाल कम्युनिस्ट पार्टी नेकपा बर्दियाका अध्यक्ष भवनकुमार थारुलाई उनले अनुरोध  समेत गरेका छन् ।  राज्य विरुद्धको गतिविधिमा आफू नलाग्ने परियारको प्रतिबद्धता रहेकाले पार्टी प्रवेश गराउने व्यवस्था मिलाइदिन नेपाल कम्युनिस्ट पार्टी नेकपा केन्द्रीय समितिलाई आफूले अनुरोध पत्र पठाएको थारुले बताए।

गुलरिया बजारमा नाली निर्माण सुरु, नगर प्रमुखद्वारा शिलान्यास

Image
लुम्बिनी पत्र। गुलरिया बजारमा आर सी सी नाली निर्माण सुरु भएको छ ।  नगर प्रमुख एवम् नेपाली काँग्रेसका क्षेत्रीय सभापति मुक्तिनाथ यादवले नाली निर्माण कार्यको शिलान्यास गरेका छन्।     गुलरिया नगरपालिका र ५ नम्बर प्रदेशको सम पूरक अनुदानमा संचालित आयोजनाको कुल लागत भ्याट र पी एस सहित ६ करोड ६ हजार रहेको  सब इन्जिनियर अर्जुन लम्सालले बताए । खड्का कृष्ण जय धनन्जय जे भी निर्माण कम्पनीले २०७७ असार २१ गतेसम्म  ५ करोड ८५ लाखमा काम  सम्पन्न गरिसक्ने गरी नगर पालिका संग गरेको छ। सो कम्पनीको प्रतिनिधि अशोक यादव र साईड इन्चार्ज गौतम गुप्ता रहेका छन्।   ११ सय २० मीटर लम्बाई रहेको सो आयोजना अन्तर्गत १५ स्थानमा कल्भ ट निर्माण हुने सब इन्जिनियर लम्सालले बताए। 

जय जग्दम्बें ट्रेडिङ हाउसद्वारा निःशुल्क नाक , कान,घाँटी उपचार शिविर आयोजना

Image
लुम्बिनी पत्र। व्यवसायको साथै सामाजिक उत्तरदायित्वको भुमिका निर्वाह गर्दै आएको जय  जग्दम्बें ट्रेडिङ हाउस नेपालगन्ज बाँकेले निःशुल्क नाक , कान,घाँटी उपचार परामर्श शिविर आयोजना गरेको छ। ब्रिनोज कान स्वास्थ्य सामुदायीक सेवा शाखा कार्यालय गुलरियाको प्राविधिक सहयोगमा सो शिविर आयोजना गरिएको हो । मधुवन २ सुन्दरपुरमा रहेको सगुन ललै सामुदायीक वन उपभोक्ता समूहको प्राङ्गणमा शिविर सञ्चालन गरिएको छ । जय जग्दम्बे ट्रेडिङ हाउसका संचालक तथा नेपाल बन पैदावार उद्योगी व्यवसायी संघका महासचिव  सन्तोष शर्मा अर्यालले सो शिविरको उद्घाटन गरेका छन् । शिविरमा ब्रिनोज कान स्वास्थ्य सामुदायीक सेवा शाखा कार्यालय गुलरियाका प्रमुख दीपक बि सी बिरामीहरूको स्वास्थ्य जाँच गरेका छन्। शिविर उद्घाटन समारोहमा सगुन सा ब उ स का अध्यक्ष बाबुराम परियार, कोषाध्यक्ष कालुराम थारु, सगुन युवा क्लबका अध्यक्ष  मनिराम थारु, लुम्बिनी पत्र राष्ट्रिय दैनिकका प्रकाशक संपादक यम घिमिरे, युवा उद्यमी सन्तोष श्रेष्ठ लगायतको उपस्थिति छ।  शिविरमा मधुवन २का सुन्दरपुर, बंगालिपुर, खैरेनी,अमरपुर गाउँका २५० जना महिला, बा...

नव गृह सचिव न्यौपानेको जीवन कस्तो छ?

Image
लुम्बिनी पत्र।  भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्बर ३ (साविक झौखेल गाविस) मा रमानाथ न्यौपाने र डोरकुमारी न्यौपानेको कान्छो पुत्ररत्नका रुपमा २०३० साल कात्तिक २ गते जन्मनुभएका महेश्वर न्यौपाने हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सचिव हुनुहुन्छ । उहाँका श्रीमती राधिका अर्याल न्यौपाने, तीन छोरी र एक छोरा छन् । आधारभू्त शिक्षा चाँगुनारायण माध्यामिक विद्यालयबाट कक्षा १० सम्म अध्ययन गरेपछि रत्नराज्य क्याम्पसबाट आईए र बीए उत्तीर्ण गर्नुभएका न्यौपाने अंग्रेजी साहित्य, अर्थशास्त्र र भूगोल विषयका ज्ञाता हुनुहुन्छ । स्नातक गरेपछि नै जागिर खान सुरु गर्नुभएका न्यौपानेले २०५२ सालमा भक्तपुरको पुरानो पद्म हाइस्कुललगायत विद्यालयहरुमा अध्यापन गराउनुभयो । आफ्नो उद्देश्य स्नातकोत्तर गर्ने अनि प्राध्यापक बन्ने भए पनि घरको परिवेश, पारिवारिक वातावरण आदिले उहाँलाई निजामती सेवातर्फ नै आकर्षित गरायो । अध्ययन र जागिरलाई सँगसँगै लाने उद्देश्यले उहाँले लोकसेवाको तयारीसँगै अंग्रेजी विषयमा मास्टर्स गर्न लाग्नुभयो । १ वर्ष पढिसक्दा फेरि ओरिन्टेसन निजामति सेवा छिर्ने भन्ने भएछ र परीक्षा दिनुभयो ।...

बर्दियामा एक युवक प्रहरीद्वारा रंगेहात पक्राउ

Image
लुम्बिनी पत्र।  चोरी गरिरहेको अवस्थामा बर्दियामा एक युवकलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ।   ०३: ०० बजेको समयमा बर्दिया गुलरिया न.पा.११ बस्ने शशिधर बस्यौलाको किराना पसल चोरी गर्दै गर्दा   वडा न.१२ का  २३  वर्षीय अकरम खाँ पक्राउ परेका हुन्।  चोरी गरिरहेको अवस्थामा फेला पारी निजलाई  पक्राउ गरिएको  बर्दियाका प्रहरी प्रमुख राजेश नाथ बास्तोलाले बताए । १७,६९१।–बराबरको सामान, नगद रु;-६०,९५५।-, नेपाली रु-६८७२।– सहित उनी पक्राउ परेका हुन्। खाँ बाट १ थान मोबाईल,  ३७५ थान सहित ०३;०० बजे बर्दिया गुलरिया न.पा.११ बस्ने शशिधर बस्यौलाको किराना पसलबाट ऐ.१२ बस्ने बर्ष अं.२३ को अकरम खाँले चोरी गरिरहेको अवस्थामा फेला पारी निजलाई अं.१७,६९१।–बराबरको सामान,नगद रु;-६०,९५५।-, नेपाली रु-६८७२।– मोबाईल थान १, रिचार्ड कार्ड ३७५ थान सहित नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक राजेश नाथ बास्तोला ले बताए ।

नुरी स्टोन इन्डस्ट्रिजको अनुगमन

Image
लुम्बिनी पत्र। घरेलु तथा साना उद्योग कार्यालय बर्दियाले मधुवन नगरपालिका ९ मा सञ्चालनमा रहेको नुरी स्टोन इन्डस्ट्रिजको अनुगमन गरेको छ ।  उद्योग अधिकृत मोहन घर्ती, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत ओमकार शाह, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नर बहादुर खड्का, घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत केशव सिग्देल, पत्रकार यम घिमिरे लगायतको टोलीले नुरी स्टोन इन्डस्ट्रिजको अनुगमन  गरेको हो ।  अनुगमन टोलीले  नुरी स्टोन इन्डस्ट्रिजका मोहमद नसीम सँग  मापदण्ड, पर्यावरण र प्रकृति दोहनबारे अनुगमन र अध्ययन गरेको छ ।  उता गृह मन्त्रालयमा माघ १३ गते सोमबार बसेको बैठकले देशभर संचालनमा रहेका करिब ६ हजार क्रसर उद्योगहरूको अनुगनमन र अध्ययन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । समितिमा गृह, वन, उद्याेग, भाैतिक तथा संघीय मामिला मन्त्रालयका सहसचिव रहने गरी समिति गठन भएकाे हाे ।

घरेलु कार्यालय बर्दियाले उद्योग व्यवसायको अनुगमन सुरु गर्यो

Image
लुम्बिनी पत्र  । घरेलु तथा साना उद्योग कार्यालय बर्दियाले बाँसगढी नगरका विभिन्न स्थानमा रहेका  उद्योग  तथा पसलहरुको अनुगमन गरेको छ । इलाका प्रहरी कार्यालय बाँसगढीको सहकार्य र बाँसगढी नगरपालिकाको समन्वयमा उद्योग अधिकृत मोहन घर्तीको नेतृत्वमा पसल तथा विभिन्न फर्महरुको निरीक्षण तथा अनुगमन गरिएको हो। अनुगमनका क्रममा अवैध रूपले मदिरा उत्पादन गर्ने आधा दर्जन होटलहरुको निरीक्षण गरी अवैध मदिरा नियन्त्रणमा लिई  नष्ट गरिएको छ। अनुगमन टोलीले  अवैध रूपले राखिएका बिडी, सुर्ती, तेल पनि नियन्त्रण मा लिएको छ। अनुगमनका क्रममा दर्ता नगरी  व्यवसाय  सञ्चालन गरेका जिल्लाभरका उद्योग व्यवसायीहरुलाई अा आफ्नो कारोबार अनुसार एक हप्ता भित्र वडा कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, आन्तरिक राजश्व कार्यालयमा उद्योग, फर्म , व्यवसाय दर्ता गर्न  निर्देशन दिएको छ । अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालय केशव सिग्देल, परशुराम न्यौपाने , पशुपति घिमिरे, नरेन्द्र राज शर्मा ,बाँसगढी  नगर वडा न ५ का वडा अध्यक्ष नरेन्द्र गिरी, इलाका प्रशासन कार्यालयका मोहन लम्साल, ...