राष्ट्रपति रनिङ्ग शिल्ड तथा प्रथम मेयर कपको उद्घाटन

लुम्बिनी पत्र ।  गुलरियाका नगर प्रमुख मुक्तिनाथ यादवले गुलरिया  नगरपालिकामा आज माघ २८ देखि सुरु भएको दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड तथा प्रथम मेयर कपको उद्घाटन गरेका छन्। 
प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख मुक्तिनाथ यादवले आजका बालबालिका भोलीका कर्णधार भएकाले उनीहरूको सर्वाङ्गीण विकासका लागि शिक्षाको साथसाथै खेलकुद्लाई पनि नगर पालिकाले प्राथमिकता दिएको बताए। स्थानीय सरकार खेलकुदका साथै शिक्षामा बढि लगानी गर्न  तयार रहेको बताउँदै शिक्षा क्षेत्र सुधार्न समुदाय , शिक्षक र अभिभावकको पनि महत्वपूर्ण भूमिका रहने बताए ।   
आज माघ २८ गते देखि फाुगन ३ गते सम्म संचालन हुने खेलमा ३ हजार ८६ बालबालिकाले भाग लिने मुल आयोजक समितिका संयोजक निर्मल उपाध्यायले  बताए ।  खेललाई मर्यादित र अनुशासित बनाउनका लागि विभिन्न समितिहरु गठन गर्नुका साथै खेल विशेषज्ञहरुलाई खेलको जिम्मा दिईएको शिक्षा शाखा प्रमुख नील कण्ठ रेग्मीले बताए ।
गुलरिया नगरपालिकाका माध्यमिक विद्यालय, निम्न माध्यमिक विद्यालय र प्राथमिक विद्यालय समावेश गर्दै  नगरका सामुदायिक र संस्थागत विद्यालय गरि ५३ वटा विद्यालयहरुको सहभागिता रहेको गुलरिया नगरपालिकाद्वारा आयोजित प्रतियोगिताको १३औं राष्ट्रपति रनिङ्ग शिल्ड तथा दोस्रो मेयर कप प्रतियोगिताको आयोजना समितिका संयोजक निर्मल उपाध्यायले बताए । कार्यक्रममा गुलरिया नगरपालिका उप–मेयर शुसिला गिरीले आजबाट हुने खेलमा प्राथमिक तहका बालबालिका पनि समावेश हुने भएकाले खेल रोचक र भिन्न हुने बताएकी छन् खेललाई मर्यादित बनाउन आफृुले कुनै कसर बाँकि नराख्ने बताएका छन् । मेयरकप संचालनका लागि गुलरिया नगरपालिकाले १९ लाख रुपैया विनियोजन गरेको छ।

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न