प्रजातन्त्र दिवसको उपलक्ष्यमा बर्दियामा वृक्षारोपण गरियो
लुम्बिनी पत्र। ७० औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा डिभिजन वन कार्यालयको सहयोगमा बर्दियामा वृक्षारोपण गरिएको छ। ७० औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा डिभिजन वन कार्यालय लगायत जिल्ला स्थित कार्यालयमा वृक्षारोपण गरिएको हो।
प्रजन्तन्त्र दिवसको उपलक्ष्यमा डिभिजन वन कार्यालय परिसर गुलरिया मा डिभिजनल वन अधिकृत महेन्द्र राज वाग्ले, सहायक वन अधिकृत वसन्त थापा लगायतका कर्मचारीहरुले बिरुवा रोपेका छन् । प्रजातन्त्र दिवसको अवसर पारेर डिभिजन वन कार्यालय बर्दियाले बिरुवा किनेर कार्यालयहरुलाई उपलब्ध गराएको डिभिजनल वन अधिकृत वाग्लेले बताए। डिभिजन वन कार्यालयले कपूर १७, रबर प्लान्ट २, समी ११ , अर्जुन १०, अशोक २ गरी ४२ वटा बिरुवा जिल्लास्थित विभिन्न कार्यालयहरुलाई वितरण गरेको र बिरुवा रोप्ने हुर्काउने जिम्मा सम्बन्धित कार्यालयको हुने डिभिजन वन अधिकृत वाग्लेले बताए। 

Comments
Post a Comment