प्रहरी अधिकारीलाई अदालतमा उपस्थित हुन आदेश


लुम्बिनी पत्र । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई पक्राउ गरी गैरन्यायीक थुनामा राखेको उजुरी परेपछि सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ । 
न्यायाधिश इश्वर प्रसाद खतिवडा र डम्बरबहादुर शाहीको इजलासले यस्तो आदेश गरेको हो । नेकपाका कार्यकर्ता भीमप्रसाद अधिकारी, विष्णुप्रसाद अधिकारी र हरिचन्द्र खड्काले अदालतको अवहेलना भएको र आफूहरूलाई गैरन्यायीक थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
फागुन ५ गते बन्दीप्रत्यक्षीकरणको रिटमा आदेश गर्दै अदालतले रिहा गर्न आदेश गरेको थियो । तर, सोही दिन प्रहरीले उनीहरूलाई अदालतको गेटबाटै पक्राउ गरेको थियो । शुक्रबार भएको आदेशमा तत्काल उनीहरूलाई रिहा गर्न पनि भनिएको छ । 
महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे, महानगरीय प्रहरी परिसर टेकु, महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख र प्रहरी निरीक्षकलाई सात दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ । उनीहरूविरुद्ध अदालतको अपहेलनामा मुद्दासमेत चल्ने भएको छ ।


Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न