जिल्ला सदस्य परियारद्वारा विप्लव परित्याग गरेको घोषणा
लुम्बिनी पत्र। बम विस्फोटन र चन्दा आतङ्कको आरोपमा बर्दिया जिल्ला कारागारमा पुर्पक्ष का लागि थुनामा रहेका बाँसगढी न पा ५ बस्ने ने क पा विप्लवका जिल्ला सदस्य विष्णु परियार शक्तिले विप्लव परित्याग गरेको घोषणा गरेका छन् । जिल्ला प्रशासन कार्यालय बर्दियामा माघ २८ गते विभिन्न दलका प्रतिनिधि, प्रहरी, प्रशासन संग उनले गरी नेपाल कम्युनिस्ट पार्टी विप्लव परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी प्रवेश गराइदिन पहल गर्न नेपाल कम्युनिस्ट पार्टी नेकपा बर्दियाका अध्यक्ष भवनकुमार थारुलाई उनले अनुरोध समेत गरेका छन् । राज्य विरुद्धको गतिविधिमा आफू नलाग्ने परियारको प्रतिबद्धता रहेकाले पार्टी प्रवेश गराउने व्यवस्था मिलाइदिन नेपाल कम्युनिस्ट पार्टी नेकपा केन्द्रीय समितिलाई आफूले अनुरोध पत्र पठाएको थारुले बताए।

Comments
Post a Comment