राजापुर र गेरुवामा निःशुल्क रूपमा झोला वितरण गरियो

लुम्बिनी पत्र। सफा सुनौलो नेपाल र  राजापुर गेरुवा समाज काठमाडौँले राजापुर नगर र गेरुवा गाउँपालिकाका विभिन्न विद्यालयमा शैक्षिक सामग्रीसहित निःशुल्क रूपमा झोला वितरण गरेको छ। विद्यालयको माग अनुसार राजापुर र गेरुवाका विद्यालयमा १ देखि ५ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई  निःशुल्क रूपमा झोला वितरण गर्न सुरु गरिएको हो ।  कपी, कलम, ज्यमितिसहितको झोला पाउँदा विद्यार्थी तथा अभिभावकहरू प्रसन्न भई  सफा सुनौलो नेपाल र  राजापुर गेरुवा समाज काठमाडौँलाई  हृदय देखि धन्यवाद दिँदै हार्दिक आभार प्रकट गरेका छन्।
अमर शहीद माविमा आयोजित झोला वितरण कार्यकम मा राजापुर न पा ४का वडा अध्यक्ष रमन रेग्मी, ७ का वडा अध्यक्ष मथुरा थारु, कांग्रेस नेता जन्मजय तिमिल्सिना, दिप नारायण श्रेष्ठ लगायतको हातबाट झोला वितरण गरिएको शिक्षक राज कुमार उपाध्यायले बताए। 

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न