गुलरिया को ५ नम्बर वडा कार्यालयले बृद्धबृद्धालाई कम्बल र विद्यालयलाई कम्प्युटर दियो
लुम्बिनी पत्र। गुलरिया नगरपालिका वडा नं. ५को कार्यालय सुहेलवाले जेष्ठ नागरिकहरुलाई सम्मान गर्नुका साथै विद्यालयहरुलाई कम्प्युटर वितरण गरेको छ। वडा कार्यालय परिसरमा विशेष कार्यकम आयोजना गरी वडाका१६० जना बृद्धबृद्धालाई कम्बल, च्यादर वितरण गरी सम्मान गरिएको हो। कार्यकममा वडाका ३ वटा विद्यालय ३ /३ वटा का दरले ९ वटा कम्प्युटर समेत वितरण गरिएको कांग्रेस नेता एवम् वडा सदस्य युवराज श्रेष्ठले बताए। वडा कार्यालयको सहयोगमा संघीय सांसद सञ्जय गौतम, वडा अध्यक्षहरु सावित्रा गौतम र राम बहादुर रावल, वडा सदस्यहरू युवराज श्रेष्ठ, सरिता परियार, कालीदेवी चौधरी, सोबेन्द्र चौधरीले तथा वरिष्ठ सामाजिक विकास अधिकृत मुकुन्द अर्यालले बृद्धबृद्धालाई कम्बल तथा च्यादर प्रदान गरी दोसल्ला ओढाई सम्मान गरेका हुन् ।