माघ २५ गते हात्तीपाइले विरुद्धको औषधि सेवन कार्यकमलाई सफल पार्न सबै लाग्नु पर्ने

लुम्बिनी पत्र । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यकम २०७६ अन्तर्गत गुलरियाका सञ्चारकर्मीहरुसँग अन्तर्क्रिया कार्यकम सम्पन्न भएको छ।  गुलरिया नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सो  कार्यकम  सम्पन्न भएको  हो। नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष राजेन्द्र धिताल, गुलरिया नगरपालिका स्वास्थ्य शाखा संयोजक सुनिल पाण्डे, सह संयोजक माधव घिमिरे,   लुम्बिनी पत्र राष्ट्रिय दैनिकका प्रकाशक संपादक यम घिमिरे लगायतले माघ २५ गते सञ्चालन हुने हात्ती पाइले विरुद्धको आम औषधि सेवन कार्यकमको बारेमा प्रचार प्रसार गरी र माघ २५ गते हात्तीपाइले विरुद्धको औषधि सेवन कार्यकमलाई सफल आम जिल्लावासी लाग्नु पर्ने बताए।  गुलरिया नगरका लक्षित समुह मध्ये हालसम्म ७० ले मात्र औषधि खाएकोले प्रतिशत  नवौं पटक  सञ्चालन गर्न गईरहेको अभियानमा शत प्रतिशत लाई औषधि खुवाउन लागि अभियान सफल पार्न सञ्चार कर्मीले  सचेतना र प्रचार प्रसारण लाग्नु पर्ने  गुलरिया नगर पालिका स्वास्थ्य शाखा प्रमुख सुनिल पाण्डेको भनाइ छ। 

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न