अन्तरजिल्ला समन्वय बैठक सम्पन्न , कर्णाली नदी व्यवस्थापन आयोजना बारे छलफल
लुम्बिनी पत्र । कैलाली र बर्दियाका सुरक्षा निकायका प्रमुख तथा जनप्रतिनिधि बिच संयुक्त अन्तरजिल्ला समन्वय बैठक सम्पन्न भएको छ । राजापुर नगरपालिका कार्यालय राजापुर बर्दियामा पुस १८ गते सो बैठक सम्पन्न भएको हो । बैठकमा बर्दिया र कैलाली जिल्लाको सुरक्षालस्थिती , संचालित कर्णाली नदी व्यवस्थापन आयोजना राजापुर को बिषयमा पनि छलफल भएको थियो । बैठकमा कर्णाली नदी व्यवस्थापन आयोजनाको कामलाई छिटोछरितो र प्रभावकारी बनाउन छलफल भएको छ। राजापुर र गेरूवा क्षेत्रको पश्चिम किनारमा कर्णाली नदीको तटबन्ध कार्य छिटो छरितो र प्रभावकारी बनाउन सबैले सहयोग गर्ने सहमति भएको बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेश नाथ बास्तोलाले बताए । अन्तरक्रिया कार्यकममा संविधानसभाका सभासद गरिमा शाह, बर्दियाका प्रजिअ प्रेम लाल लामिछाने,कैलालीका प्रजिअ यज्ञराज बोहरा, बर्दियाका प्रहरी उपरीक्षक राजेश नाथ बास्तोला, कैलालीका प्रहरी सुदिप गिरी, बर्दिया सशस्त्र प्रमुख यादव विश्वकर्मा, कैलाली कमल तिमिल्सिना , बर्दियाका राष्ट्रिय अनुसन्धान बर्दिया प्रमुख योगेन्द्र के सी, कैलाली प्रमुख विकास पाण्डे,भैरव प्रसाद गण गुल्म बर्दियाका सेनानी पुकार शाह, कर्णाली नियन्त्रण आयोजना राजापुर का प्रमुख केदार कुमार श्रेष्ठ, रानी जमरा कुलरिया सिँचाइ आयोजना का प्रमुख मोहन कुमार शाक्य, राजापुर नगरप्रमुख शिव प्रसाद चौधरी, टीकापुर नगरप्रमुख तपेन्द्र रावल लगायतको सहभागिता रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताए ।

Comments
Post a Comment